उषा शेरचन
नरोजेका बाटाहरू
सबैको मनलाई यसरी बहलाउनु मेरो रहर नभएर बाध्यता हो भन्ने कुरा यी समाजका ठेकेदारहरूले किन बुझ्नै चाहँदैनन् ? कसलाई पो रहर लाग्ला र आफ्नो अङ्ग प्रदर्शन गर्दै आफ्नो खिल्ली आफँैले उडाउनलाई ? आफ्नो लिलाम आफैँले बढाबढ गर्नु मेरो रहर नभएर कर हो भनेर बुझिदिने कसले ? पापी पेटको असहृय ज्वालालाई यी समाजका ठेकेदारहरूले निभाइदिने जिम्मा लिइदिने भए हरेक दिन यसरी आफ्नो आत्मालाई बेचेर हिँड्दै पेटको ज्वाला शाान्त पार्नुपर्ने आवश्यकता नै पर्ने थिएन होला ?
तेस्रो रङ
म भित्र मच्चिरहेको द्वन्दको लिङ्गे पिङ्गलाई देख्ने कसले ? म भित्र निरन्तर गईरहेको पहिरोलाई बुझ्ने कसले ? न कसैको सामु देखाउन सक्छु , न त ब्यक्त नै गर्न सक्छु । म कुन मानसिक अवसाद बाट गुज्रिरहेछु भन्ने आभास बाट बेखवर मेरा परिवारले मेरो विवाहको लागि दबाव दिरहेकाछन् र केटीका फोटोहरू हर्नका लागि कर गरिरहेकाछन् ।
