Skip to content

तिमीसँगको नाता


तिमीसँगको नाता अपुरो अपुरो
तिमीसँगको बाचा अधुरो अधुरो

दुई दिनको परदेशी आएजस्तो
घरआँगन शून्य पारी गएजस्तो
तिमीसँगको खाता अधुरो अधुरो
तिमीसँगको नाता अपुरो अपुरो

मन मुटु सबै लुटेर भागेजस्तो
हाँसो खुसी सबै खोसेर लगेजस्तो
तिमीसँगको पाटा अधुरो अधुरो
तिमीसँगको नाता अपुरो अपुरो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *