Skip to content

मिलन कार्की

बालक सरी मेरा बृद्ध पिता

  • by

मैले हजुरलाई निहारिरहेको थिएँ
हजुर निकै भयभीत देखिनु हुन्थ्यो
जस्तै एक बालक सरी !
जब हजुरको आँखामा मृत्युले
मौनताको सूचना दिंदै थियो
आहिस्ता-आहिस्ता आफ्नो आगमन
म तड्पिरहेको थिएँ
हजुरलाई धन्यवाद भन्नलाई,
हजुरसँग अंगमालो गर्नलाई,
अनि अलबिदा भन्नलाई,
र हजुरलाई सम्झना गराउनुलाई कि,
“ईश्वरले सदैब हजुरलाई क्षमा गरिदियो।”

योगदान

  • by

विधाताको नियममा पनि धाँधली हुँदोरहेछ! सायद यसै कारण होला आजको युगमा आएर मानवहरूको धैर्यता पनि ईश्वरप्रति हराउँदै गएको पाइन्छ। ईश्वरीय देनले जति यो सृस्टिका सम्पूर्ण प्राणीहरूले पाउनु पर्ने हक उसमा पनि कन्जुस्याईं वा सौतने व्यवहार देखिन्छ किन ? ईश्वरले बनाएका सबै प्राणीमध्ये मानव प्राणी सर्वमान्य मानिएको छ! सायद यसको कारण मानव प्राणीको प्रेम, श्रद्धा, मानव बाणी ईश्वरसम्म सहजै पुगेको हुनाले मानव प्राणीलाई सर्व सकृय प्रस्तुत बनाइएको देखिन्छ! विधाताको नीति पनि अचम्मको किन होला प्राणीलाई जन्म दिएपछि कसैलाई अधुरो त कसैलाई भरी? आज म एउटा सानो काल्पनिक कथा प्रस्तुत गरि रहेको छु!

कथामा एउटा पात्र अन्जु नाम गरेकी केटी छे। अन्जुको जन्मदेखिकै अन्धो थिई । यसै कारण ऊ आफूलाई अति घृणा गर्थी। ऊ कसैलाई पनि मन पराउँदैनथिई, कसैमाथि पनि भरोसा गर्दैनथि।! उसको आफ्नो भन्ने मनमा लागेको एउटा मित्र थियो शिवम।

शिवम अन्जुको सधै राम्रो देखभार गर्दथ्यो । शिवमले अन्जुलाई सधै पढाउस सहयोग गर्थ्यो । अन्जु सिर्फ शिवमको मात्र भरोसा गर्थ्ी। ऊ शिवमलाई मैत्रिक रुपमा अति मन पराउँथी । उनीहरूमा प्रेमको भाव अति बढेको थियो। उनीहरू सधै दु:ख सुखका कुरा एक आपसमा बाँड्दथे ।

लाचार श्रीमानको पत्र श्रीमतीको नाममा

आज हाम्रो विवाहको बाईस वर्ष पुगिसक्यो। तर यस्तो अवस्था कहिले पनि आउला जस्तो लागेको थिएन। तिमीलाई यस्तो प्रकारले पत्र लेख्ने जरुरी परेको पनि थिएन। तर आज विवस, लाचार भै फसेको छु। आज मैले धार्मिक तीर्थस्थलको बाटो तय गरेको छु । तिमीलाई त आफ्नो कामबाट कहाँ फुर्सत हुन्छ र त्यस घरको जिम्मेवारीसँग । जस्तो कि तिम्रो नाता नरिवलसँग खोप्राको सम्बन्ध हुन्छ । केही दिन म शान्ति प्राप्तिको लागि, मन शुद्धिको लागि तीर्थधाम पसेको छु!

मेरी रति, मेरा दुई आँखाले मात्र होइन मेरो आत्माले पनि तिम्रो दु:ख देखिरहेको छु। तर के गरूँ ? म पनि त कुनै बन्धनमा उल्झिरहेको छु । निस्साह बनी तिम्रो यो लाचार श्रीमानले तिमीलाई सिउदोमा दुई चुट्टी सिन्दुर र आमा बन्ने सौभाग्य बाहेक अरु केही दिन सकेको छैन।

भन्छन् नि सधैं, बिना खरीको मादल बज्दैन । उसै प्रकार म पनि भाग्य बिनाको एउटा प्राणी रहेछु । मलाई त सबैले पढ्न सके तर मैले कसैलाई पनि जिन्दगीभरि पढ्न सकिन । यद्यपि मेरो जीवन सधैं कछुवाको चाल चल्दै रह्यो । सधैं मेरा पाइलाहरू जिम्मेवारीको बोझमा फलामको सांग्लाले बाँधिए। मैले आफ्नो घरको जिम्मेवारी निभाउँदा निभाउँदैमा आफै सकिएछु । मैले मेरो आफ्नो कर्तव्य देखाउनु पर्ने ठाउँ पनि बिर्सिएछु। स्वभिमानी बनेर उदेर बन्नु पनि आफ्नो लागि भोलिको अभिषाप बन्न पुग्दो रहेछ! हे भगवान तिम्रो लिला पनि अपरम्पार नै हुदो रहेछ । नमन छ प्रभूलाई!

मझधार

  • by

सँगै साथ लैजाऊ, नछोड मलाई विच मझधार मै,
मलाई पनि देऊ सहारा तिम्रो आफ्नै छेउछाउ मै!

डस्ने काँडा त थिइन म, गुलाब बनिनै फुलेकी थिएँ,
भरोसा मेरो खेर गयो, तिमीभित्र नै हराई दिएकी थिएँ!

ती पलहरूलाई सम्झना गर्छु म, दुई थोपा आँशु झर्छन मेरा,
हत्केलालाई ऐना हेर्छु म, छिनभरमै आँशुले भर्छन यहाँ !

आमा

  • by

आमा सधैं मैनबत्ती जस्तै जल्दै गरिन् ! यो सृष्टिमा आमा समानको गहन कतै अरु केही छैन! किनकि आमा त आमा नै हुन् । आमाको तुलना देवी-देउतासँग पनि अधूरो हुन्छ!

आमा सधैं मैनबत्ती जस्तै जल्दै गरिन् ताकि आफ्नो घर संसार सधैं उज्यालो भैरहोस! जुन घरमा उज्यालो हुँदैन त्यस घरमा लक्ष्मीमाताको वास पनि हुँदैन भन्छन! जुन घरमा गुनी आमा हुन्छिन, त्यस घरमा भगवान, देवी-देउताको सधैं वास भै रहन्छ! आमा कति गुनी, कति महान, कति कोमल, कति साहसी, कति सहनशील! वास्तबमा आमा धर्ती हुन्! सारा धर्तीको सहनता आमामा ग्रहण भएको छ !

आमा कति गुनी आफ्ना बाल बच्चाहरूलाई कहिल्यी झिजो नमानी सम्हाल्छिन्। हामी त्यस घरमा बस्दछौं, जहाँ आमाले उज्यालो बनाएकी छिन। त्यस घरमा हामी कोपिलाबाट फूल खेल्दछौं ! जहाँ हामीले आफ्ना सुन्हेरी सपना बनाउछौ! आमाको मिठो स्वरमा लोरी गीत सुन्दछौ!

शब्द

  • by

शब्द …!
बालबालिकाहरूको लागि ककखरा
नौजवानहरूको लागि
भुख, अनि रोटी, बीचको संघर्ष,
बुढा-बृद्धाहरूको लागि बितेका
अनुभवहरूको सार,
अनि नपुंसकहरूको लागि
शक्तिको पर्याय हो शब्द !

मेरो धर्ती

सुन हेरी बिहानीको पहिलो किरणले
मलाई केही भन्न खोज्दैछ,
उसको आफ्नो शान्त स्वभाबले मलाई
केही उपदेश दर्शाउन खोज्दै छ !
ठुला -ठुला रुखका अनेक साखाहरूले
जस्तै मानौ कि आफ्नो अंगालोमा मलाई
समेट्न खोज्दै छन् ,
अनेक धचाका पातहरूले
आफ्नो खुशियाली जीवन जस्तै
मेरो जीवनलाई पनि हरियाली दिने कोशिस गर्दै छ !

मेरो नेपाल

सगरमाथालाई अघि राखी बोल्दछ मेरो नेपाल
अनेक भाषा-भाषी, जन-जातिको मनमा खेल्दछ मेरो नेपाल!
उत्तम रहित छ यहाँको रीत, चलन अनि बोली
सुन्दा लाग्छ कानमा जस्तै मिस्री छ घोली !
सबैभन्दा प्यारो छ मेरो नेपाल !

लक्ष्य

  • by

पुरा आकाश आज तिम्रो हो,
आफ्नो आघोशलाई फिंजाई त हेर !!

हिमालयको शिखर तिमीमा छ,
आफ्नो सिरलाई उठाई त हेर !!

सागरको गहिरो भाव तिमीमा छ,
आफ्नो अन्तरआत्मालाई निहाली त हेर !!

कुनै पनि लक्ष्य हुदैन असम्भव,
दृढ संकल्प गरेर त हेर !!

मेरी आमाको चीर हनन् नगर अब अरु

  • by

अब त आफू पनि उठ्ने प्रयास गर,
कुम्भकर्णलाई मात्र कति दोष दिन्छौ!
सुरजको आगमन सधै शुभ-प्रभात मै हुन्छ,
साँझको किन प्रतिक्षा गर्छौ!
सधै कति दोष बोक्छौ?
कतै सहानुभूतिको पनि बाटो खोजी हेर
कित्ता र हिस्साको चाल छोडी,
मर्यादा बन्ने पनि प्रयत्न गर !
अति भो छोड अब त
मेरी आमाको चीर हनन्
नगर अब अरु !

म नदी हूँ

  • by

म नदी हूँ!
म जल हूँ!
म वायु, बादल, थल, जताततै फैलिने गर्दछु!
म थोपा-थोपा जम्मा भै नदीमा परिणत हुने गर्दछु!
मेरो अस्तित्व कालान्तर देखि शदियौंसम्म निराकार छ!
मेरो अंश प्रत्येक प्राणीको देहमा लिन छ, म अमर छु!
म कठिन भन्दा कठिन बन्धनहरूलाई फुकाई अघि आएको छु!
म अग्ला -अग्ला हिमाल पहाडहरूलाई अंगमालो लगाई झर्ने गर्दछु!
जमीनको होचो अग्लो भू-भागलाई मैदान बनाउदै हिंड्दछु!
मेरो तीव्रताको कारण मेरो पानीमा भूमरी खेल्ने गर्दछ!
भूमरीमा पानी चक्रिदै हिड्ने गर्दछ!
सिर्फ म समुद्रदेखि महासागरसँग मिल्ने आशा
बोकी ठुला-ठुला पहाड, ढुंगाहरूबाट निक्लिआएको छु!

बाबु, हे नानी हो

  • by

हे बाबु, हे नानी हो
अनुशासित बन्न खोज
हे बाबु, हे नानी हो,
यो जीवनको गहना हो !

नैतिकतालाई जान्न खोज
हे बाबु, हे नानी हो,
यो जीवनको गोरेटो हो !

सृष्टाचारलाई जान्न खोज
हे बाबु, हे नानी हो,
यो बुजुर्गहरूको आशीर्बाद हो !

MilanKarki

उपहार

तिमी को लाग्छौ त अब मेरो ?
माया त पोहोर सालै मारी गयौ,
पाइला टेक्ने ठाँउ निर्मोहीले खनी छाड्यौ!

बिचमा पर्छ कालीखोला, लामो भयो तान
मनमा आउने बाटो अब, बगाई हाल्यो पुल
तिमीलाई त फागुन चैत लागे जस्तो छ
मेरो आँशुको भेल-बाडी बग्न अँझै बाकी छ!
जहाँ पनि जान्छु म, लाग्छ तिम्रो अनुभूति,
तिमी त मस्त निदाउछ्यौ, मेरा काली रात भाँती-भाँती!

मेरो यात्रा

  • by

कल्पनाको किताब होइन मेरो,
बितेका मेरा दिनहरूको दुरुस्त छाया चित्र हो !
म छोरा घरको माईला थिए,
साथीभाइहरूको फेरोमा कान्छो बन्न पुगे!
ठुला त ठुला नै हुन्छन, साना जता ततै निचोडिन्छन् !