आमा सधैं मैनबत्ती जस्तै जल्दै गरिन् ! यो सृष्टिमा आमा समानको गहन कतै अरु केही छैन! किनकि आमा त आमा नै हुन् । आमाको तुलना देवी-देउतासँग पनि अधूरो हुन्छ!

आमा सधैं मैनबत्ती जस्तै जल्दै गरिन् ताकि आफ्नो घर संसार सधैं उज्यालो भैरहोस! जुन घरमा उज्यालो हुँदैन त्यस घरमा लक्ष्मीमाताको वास पनि हुँदैन भन्छन! जुन घरमा गुनी आमा हुन्छिन, त्यस घरमा भगवान, देवी-देउताको सधैं वास भै रहन्छ! आमा कति गुनी, कति महान, कति कोमल, कति साहसी, कति सहनशील! वास्तबमा आमा धर्ती हुन्! सारा धर्तीको सहनता आमामा ग्रहण भएको छ !

आमा कति गुनी आफ्ना बाल बच्चाहरूलाई कहिल्यी झिजो नमानी सम्हाल्छिन्। हामी त्यस घरमा बस्दछौं, जहाँ आमाले उज्यालो बनाएकी छिन। त्यस घरमा हामी कोपिलाबाट फूल खेल्दछौं ! जहाँ हामीले आफ्ना सुन्हेरी सपना बनाउछौ! आमाको मिठो स्वरमा लोरी गीत सुन्दछौ!

हामी त सधैं आफ्ना खुशी चुन्दै गर्छौ, तर आमाको तपनदेखि लाखौं मील टाढा बेखबर रहेका हुन्छौ! आमाले सधैं हाम्रो खुशीको लागि जल्दै गरिन। आफ्नो जिन्दगी आफ्नो चाहानाहरूलाई मैनबत्ती झैँ पगाल्दै आफू पनि पग्लदै गइन! बिहान गोठको गोठालीदेखि रातमा जुनको चकोरीसम्म, बजारको सौदादेखि घरको भकारी भण्डारसम्म, बाबाको डाटदेखि बाल बच्चाको छींकसम्म, आफ्नो मनको चाहानालाई, भावनालाई बटोरी घरको नीम बनाइन ! आफूले सधैं आफूलाई बिर्सिएर आमा सधैं आमा नै बनिन!

आमा ईश्वरको कृपा हुन्, बिना मागेको पूजा हुन्, दुआ हुन्, भाकल हुन् । आमा सधैंभरि जाँतो र कोल जस्तै घुम्दै गरिन। आफूले सधैं मिठा न मिठा कुरा सुन्दै गरिन। तर कहिलेकाहीं उनी उदास हुन्छिन्, बाबादेखि टाढा हुन्छिन, फेरि पनि बाल बच्चाहरूको अझ नजिक हुन्छिन!

तर आमाले एउटा लक्ष्मणरेखा बनाइराखिन् । न कहिले मागिन हिरामोती, न कहिले मागिन सुनचाँदी, न त कुनै चम्कने किरण ! आमाले चाहिन सधैं त्यो घर, जुन घरमा थिए उनका लाला-बाला। आमाको आशा उनीहरूलाई आकाश छुवाउने, उनीहरूका सबै सपना पुरा बनाउने! तर समयको सारसँगै सबै सपना उड्दै-उड्दै गए!

दुर्भाग्यवश आमाको दुख बढ्दै गए! उनी समयको लपेटामा भकभक पाक्दै गइन, बुढी भइन, भित्रदेखि नै गल्दै गइन! जुन घरलाई उनीले आवध गरेकी थिइन, त्यही घरमा आज उनी बुढी आमा खट्कन लागिन! त्यही बालबच्चाको अघि जसलाई अौंला समातेर हिंड्न उभिन सम्हालिन सिकाइन, प्रत्येक पाइलामा अडिन सिकाइन, जसको जुठो खाइन, जसलाई लोरी सुनाइन, बाबादेखि उनीहरूका सबै गल्ती छुपाइन, प्रत्येक रात आफ्नो छातीमा लगाई उनलाई सुताइन, बच्चालाई पेटभरि ख्वाई आफू सधैं आदि पेट नै बसिन्, दुइ पाटामा सधैं पिसिंदै रहिन, आखाँमा दु:ख बोकेर आँशु झार्दै गरिन, बाबाको सितम सहन उठाउदै गरिन, आमा आफ्ना बच्चाहरूको लागि सधैं चुप रहिन! यस्ती एउटी आमा मैनबत्ती जस्तै सधैं जल्दै गरिन! अन्तमा जल्दा जल्दै निभिगइन।

उनीले यहाँ आएर एउटा प्रश्न छोडेर गएकी छिन। एउटी आमाले घर एक्लै समाल्न सक्छिन, तर पुरै घर मिलेर पनि एउटी आमालाई किन सम्हाल्न सक्दैनन्? आखिर आमाको जीवनमा साँझको उज्यालोको किन भाग्य हुँदैन ? तर आमाले आफ्ना बच्चाहरूको जीवनको प्रत्येक पहरमा उज्यालो बनाउनको लागि आफ्नो उमेरभर आंधीसँग लड्दै गरिन, भोक, प्यास, अँध्यारो सबैसँग लड्दै गरिन! आज आमाको सहाराको किन माने हुँदैन? जब आमाले छोडेर टाढा जान्छिन तब आमाको सम्झना धेरै आउछ !…

आमा आमा हुन् …! आमाको ठाउँ कसैले पनि लिन सक्दैन!…

Milan karki
Baglung –nepal.

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *