अब त आफू पनि उठ्ने प्रयास गर,
कुम्भकर्णलाई मात्र कति दोष दिन्छौ!
सुरजको आगमन सधै शुभ-प्रभात मै हुन्छ,
साँझको किन प्रतिक्षा गर्छौ!
सधै कति दोष बोक्छौ?
कतै सहानुभूतिको पनि बाटो खोजी हेर
कित्ता र हिस्साको चाल छोडी,
मर्यादा बन्ने पनि प्रयत्न गर !
अति भो छोड अब त
मेरी आमाको चीर हनन्
नगर अब अरु !
**********************
किन हुदैन महसुश कसैलाई पनि,
अश्मिता हो मातृभूमिको,
जिन्दगी अर्पण दिएर भए पनि,
कर्तब्य निभाउनु पर्छ जन्मभूमिको!
आमाका लटा जंगल कति उजाडी-उजाडी सकिए,
थाहा नै नपाई छेउ-छाउ सारा भूमि लुटी-लुटी मेटिए!
खोल आँखा अब त मनलाई टटोल,
मनन गर मातृभूमिलाई, खु:शीका रंग बटुला!
अति भो छोड अब त
मेरी आमाको चीर हनन्
नगर अब अरु !
********************************
अब त छोडी देउ बज्रपात कति सहने छातीमा चोट,
छिला-छिला परिसके नमेटिने घात !
तिम्रो नाकमा शर्म न आए त म के नै भनुँ र,
सायद तिमी पनि सुपुत नै हौ यो मिट्टी कै
मैले देख्छु मेरी आमालाई, बिच्चल्ली परी रोएकी
आँसु पुछ्ने मेरो रहर मनमा बल्झिंदै!
अति भो छोड अब त
मेरी आमाको चीर हनन्
नगर अब अरु !
