मेरो यात्रा

  • by


कल्पनाको किताब होइन मेरो,
बितेका मेरा दिनहरूको दुरुस्त छाया चित्र हो !
म छोरा घरको माईला थिए,
साथीभाइहरूको फेरोमा कान्छो बन्न पुगे!
ठुला त ठुला नै हुन्छन, साना जता ततै निचोडिन्छन् !
ल कान्छा यो गर – ल कान्छा त्यो गर !!
अहिले रीत पुरानो हराई सकियो ,
हामी तन्नेरी हुँदा केही मात्र बाँकी थियो,
अहिलेको चलन चल्तीमा के नै चाख छ र ?
पहिले -पहिले माहुरीको चाकासरी रसै-रसको हुन्थ्यो घर!
अब पालो हाम्रो थियो ,
तन्नेरी हुनुको अर्थ पनि किन न उठाउनु बिडा होइन र !!
हाट बजार त आफ्नै ,
कहिले रात अनि टहरा पनि सबै आफ्नै,
कहिले झ्याउरे साझ त कहिले मारुनीले मारयो !
मन त भयो अन्त कतै ,
अब स्कूल र पढाइ डाँडा खोला तर्यो !
मेरो एउटा साथी रातापहरे माहिला थियो त,
अर्को साथी खेताघरे साहिंला थियो !
हामी तीन भाइ मिली जान्थ्यौं स्कूल बाहिर-बाहिर,
बाबु आमाले ठान्दथे जान्छन् स्कूल सरासर!!
हामी मुर्ख बादर जिन्दगीलाई पार्यौं मुस्किल,
अहिले भन्छन भालु त बन्यौं हामी चालु,
समयले कसलाई पर्खिन्थियो र हाम्रो तालुमा फल्यो आलु !
दिन बित्दै गए उल्टो परे चाला,
अँधेरो रात जस्तै, अब दिन पनि हाम्रा काला
किन्तु भाग्यमा छ भने मिल्दो रहेछ माल !
एकदिन आयो आँधी, उडाई लग्यो मेरा दुई साथी,
मुग्लान पसे छन् उनी, लाहुरे बनी लगाए बुट अनि खाकी !
कर्म खोटो मेरो म नै रहेछु नजाति ,
मै बैरागी अभागी हिंड्छु डुली घर पाखा
अब त गाउले सबैले तर्छन आँखा-आँखा !
मेरो अब छैन कोही साथी भाइ पराई भए,
धन कमाई लाहुरे फेरि एक दिन घर आए
भन्छन अब उनले त, अरे भाई क्या नाम तेरो त !
म पर्छु सुनी चिल्ल-बिल्ल, मर्छु पल-पल,
म नै किन धेरै भएछु धर्तीमा हे भगवान ?
झर्ने फूलहरू त धेरै फुल्छन्,
तर म नै किन बाटोमुनिको फूल ?
केही दिन रोई बसे, उकाली – ओराली गर्दै!
फेरि एउटा तातो हावा चल्यो, रहेछ पूर्वबाट
कर्मले डोराई लग्यो, बालुवाको खाडी माटोमा !
रुन्छु बसी धुरु-धुरु पुराना दिन सम्झेर
न मेरा साथी छन्, न त छ मेरो हाथी,
उड्न मन लाग्छ मलाई पनि , म न रहेछु पन्छी
म न रहेछु पन्छी …!!!

मिलन कार्की
बाग्लुंग -रेशा -४, नेपाल
हाल: साउदी अरब

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *