हे बाबु, हे नानी हो
अनुशासित बन्न खोज
हे बाबु, हे नानी हो,
यो जीवनको गहना हो !
नैतिकतालाई जान्न खोज
हे बाबु, हे नानी हो,
यो जीवनको गोरेटो हो !
सृष्टाचारलाई जान्न खोज
हे बाबु, हे नानी हो,
यो बुजुर्गहरूको आशीर्बाद हो !
प्रेमलाई साधना सहित बुझ्न खोज
हे बाबु, हे नानी हो,
यो जीवनको अम्रीत हो !
कदरलाई जान्न खोज
हे बाबु, हे नानी हो,
यो जीवनको विश्वास हो !
गरीबीलाई सहन गर्न सिक
हे बाबु, हे नानी हो,
यो मानव प्राणीको परम्परा हो !
धनको मोहलाई त्यग्न खोज
हे बाबु, हे नानी हो,
यो नर्कको प्रारूप हो!
अध्यात्मिकतालाई जान्न खोज
हे बाबु, हे नानी हो,
यो जीवन मा ज्ञानको स्वोरुप हो !
प्रेमको ज्योति बाल्न खोज
हे बाबु, हे नानी हो,
यो नई जीवनको उज्यालो हो !
परम्परा र शैलीलाई बुझ्न खोज
हे बाबु, हे नानी हो,
यो जीवन जिउने मार्ग हो !१!
मिलन कार्की
बाग्लुंग रेशा -४ नेपाल.
हाल: साउदी अरब
