Skip to content


शब्द …!
बालबालिकाहरूको लागि ककखरा
नौजवानहरूको लागि
भुख, अनि रोटी, बीचको संघर्ष,
बुढा-बृद्धाहरूको लागि बितेका
अनुभवहरूको सार,
अनि नपुंसकहरूको लागि
शक्तिको पर्याय हो शब्द !

शब्द ब्रह्मा, विधाता हो
दार्शनिकहरूको लागि,
राग-मल्हार हो संगीतकारको लागि,
अनि क्रान्तिको प्रस्तावक हो
शब्द, कविहरूको लागि !

शब्द मात्र, शब्द होइन
नेताहरूको झुटो भाषण,
अनि आश्वासन, बीचमा
झुन्डिएको त्रिशंका हो शब्द!

गिटी फोड्दै गरेका
महिला मजदुरहरूको बेदना हो शब्द,
आफ्नो पिट्ठ्युमा बोझ उठाउने
खच्चरहरूको मर्म हो शब्द!

पुरानो शहरको घिच्चड गल्लीमा
आफ्नो जीवनत्रसी बयान गरिरहेका
मोचिरामको नयनमा,
”प्रत्येक मानिसहरू एक जोड जूता ”
अनि शमशेरशिंहको लागि
संसारको चक्कामा दुई हात
शब्दै त हो !

शब्द मुनामदनको प्रेम पनि त हो,
शब्द भानुभक्तको रामायण,
अनि विसेशस्वर को स्रदान्जली
शब्द म.वि.वि.शाहको गीतान्जली
महास्वेता देवीको सिर्जन संसार,
शब्द करुणा पनि हो
शब्द माया पनि हो …!

शब्द सिर्जन हो
शब्द अगस्ती
शब्द शिन्ध-अथाह सागर,
शब्द समाजबाद पनि हो,
शब्द जनाबाद अनि प्रगतिबाद पनि,
वास्तवमा कति महत्तोपूर्ण छ शब्द,
भाषा रचनाकोलाई तैयार हुन्छ,
एउटा सुन्दर संस्कृति
समाज-गाउ -शहर अनि सिङ्गो देश …!

यसै प्रकार एउटा शब्द छ,
“शुभकामना”
आज बडादसैँ – रामनवमी,
म आफ्ना मित्रहरूलाई
आफन्तहरूलाई, शुभ चिन्तक सबैलाई
आत्मियता संगै सबैलाई
शुभकामना दिई रहेको छु !

शब्द
कति शुखद छ,
कति प्रेम छ,
कति आत्मविश्वास छ,
कति भरोसा छ,
साँच्चै कति महत्वपूर्ण अनि सुन्दर छ शब्द…!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *