जीवनदेखि म त हारेको मान्छे रमेश अर्याल गजल by kbsNovember 12, 2011जीवनदेखि म त हारेको मान्छे समयले चेपमा पारेको मान्छे झुपडीमा ओत नपाएरै हो नि सडकतिर बसाईँ सारेको मान्छे
प्रबासमा धेरै बसेँ रमेश अर्याल गजल by kbsOctober 29, 2011प्रबासमा धेरै बसेँ अब मुक्ति पाउँछु होला माला उन्दै बस्नु बैनी टिकाकै दिन् आउँछु होला धेरै गए तिहारहरू खाली निधार रोएर नै यो वर्ष त हाँसिखुसी भाइटिका लाउँछु होला
जिन्दगी यो हासी खुशी टार्न सक्नुहोस रमेश अर्याल गजल by kbsOctober 22, 2011जिन्दगी यो हासी खुशी टार्न सक्नुहोस दु:खलाई सुखले नै बार्न सक्नुहोस संघर्षमा सफलता हात पार्दै सधैँ जीवन त्यो उन्नति मै खार्न सक्नुहोस
के दशैं भन्नु रमेश अर्याल गजल by kbsOctober 16, 2011के दशैं भन्नु ऋणमा लौन गालेर गयो नि निभेको बत्ती पिडाको फेरि बालेर गयो नि हाँसे नि सबै म भने झनै दुख्दै छु हजुर बर्षौँ नै घोच्ने मुटुमै झिर हालेर गयो नि
दशैं आयो भत्क्या’ घर लिपी पोती टालेको छु रमेश अर्याल गजल by kbsOctober 8, 2011दशैं आयो भत्क्या’ घर लिपी पोती टालेको छु चुहिने’थ्यो घरको छानो छाउन पनि थालेको छु यो दसैंमा सँगै बसी खुसीयाली मनाउन दशमीमा काट्ने भनी कालो बोका पालेको छु
ठुलो चाड आयो भन्छन् रमेश अर्याल गजल by kbsOctober 2, 2011ठुलो चाड आयो भन्छन् मलाई खुशी खासै छैन यो दशैं नि प्रवासतिर मान्न उति चासै छैन आशिषमा रमाउने नभा’को मन् कहाँ हो र ? बिदेशमा अल्झिनाले स्वदेशमा बासै छैन
घरबारी बन्धकी भो रमेश अर्याल गजल by kbsSeptember 24, 2011घरबारी बन्धकी भो सार्यो साहुले आफ्नै नाउँमा फर्की जाऊ यहाँबाट टेक्ने ठाउँ छैन गाउँमा मेरै बाटो हेर्दै कति रुँदै होलिन मेरी आमा म त यहाँ पर्देशमा धन कमाउने झुटो दाउमा
मैले अब गजल् लेखी भावरस हाली दिन्छु रमेश अर्याल गजल by rmsAugust 6, 2011मैले अब गजल् लेखी भाव रस हाली दिन्छु ढुङाको मन भएँ पनि गजलले गाली दिन्छु गाउँ बस्तीभित्र पसी दुखी मनका ब्यथा लेखी ठुला बडा शोसकको बस्ती आगो बाली दिन्छु
मायालु रमेश अर्याल गजल by rmsMay 26, 2011तिम्ले हाम्ले बिताएका रातका कुरा गरौं जिन्दगीमा हामी दुईका बातका कुरा गरौं
बुद्धलाई सलाम रमेश अर्याल गीति कविता by rmsMay 19, 20111 Commentशान्तिका अग्रदुत गौतम बुद्धलाई सलाम् छोटो जीवन लामो यात्रा गर्नेलाई सलाम्
जँड्याहाकी श्रीमती रमेश अर्याल गजल by rmsMay 19, 20112 Commentsकति पिउँछौ मदहोस भई तिमी पेट भरेपछि तर्न देऊ अरुलाई नि तिम्ले खोला तरेपछि जत्ति गर्दा लाग्ने हैन के पो गर्नु अब मैले सिरिङ् सिरिङ् आङ हुन्छ तिमी भट्टी झरेपछि