के दशैं भन्नु ऋणमा लौन गालेर गयो नि
निभेको बत्ती पिडाको फेरि बालेर गयो नि
हाँसे नि सबै म भने झनै दुख्दै छु हजुर
बर्षौँ नै घोच्ने मुटुमै झिर हालेर गयो नि
कमाई धन ठाटेको मैले स्वप्नाको महल
काँ’ हुन्थ्यो पूरा अहिले त झनै ढालेर गयो नि
लाला र बाला रुदै छन् कठै दुखी छ जहान
दैबले दु:ख दरिद्रीमाथि फालेर गयो नि
पोहोर पनि दुखेरै बित्यो परार रोएर
यो साल हास्नेसारा ईच्छा पालेर गयो नि
स्याङ्जाली रमेश
मरुभुमीको छातीबाट
