दशैं आयो भत्क्या घर लिपी पोती टालेको छु
चुहिने’थ्यो घरको छानो छाउन पनि थालेको छु
यो दसैंमा सँगै बसी खुसीयाली मनाउन
दशमीमा काट्ने भनी कालो बोका पालेको छु
मलिलो त्यो माटो चाली रोप्या थिएँ मकै दाना
जमरा’नि टुसाई सके पानी पनि हालेको छु
दु:ख सुख जीवन यो पार लगाऊ माता भन्दै
दुर्गापूजा साझँ बिहान् गर्दै धुप बालेको छु
नयाँ लाउला मिठो खाउला रहर त्यो पुर्याएर
मैले पनि फाट्या भोटो यसै पाली फालेको छु
स्याङ्जाली रमेश
मरुभुमीको छातीबाट