घरबारी बन्धकी भो सार्यो साहुले आफ्नै नाउँमा
फर्की जाऊ यहाँबाट टेक्ने ठाउँ छैन गाउँमा
मेरै बाटो हेर्दै कति रुँदै होलिन मेरी आमा
म त यहाँ पर्देशमा धन कमाउने झुटो दाउमा
सम्झनामा भक्कानिदै एक्लै तड्पी के गर्नु र
झर्दा आँशु पुछिदिने छैन हजुर यो ठाउँमा
साईत सार्दा नआत्तिनु दुखीको दिन आउँछ भन्थ्यौ
ब्याजमाथि स्याज थपी पक्कै तिर्छु त्यो साउँमा
अहिले बर्खा जेनतेन अर्मपर्म चलाउनु
यो दशैँमा पक्कै आउँछु ठेस नलागे यी पाउमा
स्याङ्जाली रमेश
मरुभूमिको छातीबाट
