तिम्ले हाम्ले बिताएका रातका कुरा गरौं
जिन्दगीमा हामी दुईका बातका कुरा गरौं
किन हिंड्छौ तर्की तर्की हिजो आज तिमी
आऊ बसी तिम्रो मेरो आतका कुरा गरौं
फुलिरा’छ जोवन तिम्रो गैजाला नि खेर
ढल्किदो त्यो यौवनको मातका कुरा गरौं
सके जति दिंदै थिए कुन्नि कम्ति के नै भो
तड्पिरा’छु तिमीसँगै साथका कुरा गरौं
हिजो आज मेरो नजर कस्तो लाछ कुन्नि
चाहिरहे माया रुपी लातका कुरा गरौं
के गजल भयो त ?
मरुभुमिको छातीबाट
स्याङ्जाली रमेश
