जिन्दगी यो हासी खुशी टार्न सक्नुहोस
दु:खलाई सुखले नै बार्न सक्नुहोस
संघर्षमा सफलता हात पार्दै सधैँ
जीवन त्यो उन्नति मै खार्न सक्नुहोस
लोभ मोह नजागेर शान्त बनी सधैँ
रिसरांग मनभित्रै मार्न सक्नुहोस
घात पाए जबाफमा गुन लगाउदै
शत्रुलाई आफ्नै बस पार्न सक्नुहोस
यो धर्तीमा गुन्जीएर नाउँ तपाईँकै
प्रगतिमै पाइला सधैं सार्न सक्नुहोस
स्याङ्जाली रमेश
मरुभूमिको छातीबाट
स्थायी घर: अर्जुन्चौपारी, स्याङ्जा
