Skip to content

प्रबासमा धेरै बसेँ

  • by


प्रबासमा धेरै बसेँ अब मुक्ति पाउँछु होला
माला उन्दै बस्नु बैनी टिकाकै दिन् आउँछु होला

धेरै गए तिहारहरू खाली निधार रोएर नै
यो वर्ष त हाँसिखुसी भाइटिका लाउँछु होला

दह्रोगरी बाँधिराख्नु देउरालीमा लट्ठेपिङ
भन्दिए है दौँतरीलाई ! सँगै भैलो गाउँछु होला

चुहिनेथ्यो घरको छानो डाँडाभाटा मक्किए हुन्
चिन्ता छैन तिहारपछि म आफैँ नै छाउँछु होला

स्याङ्जाली रमेश
स्थाइ घर : अर्जुन चौपारी स्याङ्जा
हाल मरुभूमिको छातीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *