बिनोद भण्डारी
मीरा (प्रेम कथा)
मैले डराई-डराई उनको अगाडि भने “आई लभ यु मीरा ।”
उनले भनिन्, “हजूर, के भन्या । मैले सुनिन ।”
मैले अलि हिम्मत जुटाएर उनको आँखामा हेर्दै भनें “आई लभ्यू, तिमीलाई धेरै मनपराउँछु ।”
एक थप्पड मेरो गालामा हिकाईन् उनले । म डराएँ, अब के हुने हो? । तर उनले फेरि भनिन् “बुद्धु । यति भन्न पनि यतिका समय ला’को । माया गरेसि उहिल्यै भन्नु पर्दैनथ्यो । खाली एकोहोरो हेर्ने, पागल!”
म अक्कनवक्क भएँ, मात्रै उनलाई हेरिरहे । अनि मीठो हाँस्दै बिस्तारै मेरो अँगालोमा बाँधिदै भनिन्, “था’ छ? म पनि त चाहन्थे तिमीलाई पहिलेदेखि नै । तिमीले कहिले यति कुरा भन्छौ भन्ने प्रतिक्षामा कति दिन बिताएँ, ऊ भने यतिका दिन तड्पाएर मात्रै वल्ल ।”
संगत
“आमा म आउँछु, चाडै धेरै पैसा कमाएर ल्याउँछु । तपाईं चिन्ता नलिनुस्, बाको उपचार पनि शहरमै लगेर राम्रो अस्पतालमा गराउँछु, अनि दिदीको बिहे पनि राम्ररी गर्ने हो । गरिबी पनि चाडै टुंगिन्छ आमा, म चाडै धेरै पैसा कमाएर, पढेर फर्किन्छु । तर तपाईं धक नमानी बस्नुस है आमा । म जसरी पनि…”
पानीको छिटा मुखमा परेपछि मुकेश निद्राबाट उठ्यो अनि अगाडि देख्यो उसको साथी कृष्णलाई । “कति बेरसम्म सुतेको यार, उठ् न अवेला भैसक्यो । के कराउदै थिइस् ? सपना के देखिस् र त्यस्तो ?” कृष्णले सोध्यो ।
सरिता र सीमा
एउटा गाँउको बिद्यालयमा कक्षा८ मा पढ्दै थिए सरिता र सीमा । उनीहरूको कक्षामा उनीहरू पढाईमा प्रथम दोश्रा नभए पनि उनीहरू लगनशील र परिश्रमी बिद्यार्थीको रुपमा चिनिन्थे बिद्यालयमा । पढाईमा मात्रै सीमित नभई अरु कुराको पनि ज्ञान राख्ने र अन्य कृयाकलापमा पनि सरिक हुने उनीहरूको बानि थियो ।
एक दिन बिद्यालयमा शिक्षा दिवसको अवसर पारेर चित्रकला र रंगभर प्रतियोगिताको आयोजना गरियो । यस कार्यक्रमको लागि बिद्यालयका धेरैले सहभागिताको लागि आफ्ना नाउँ दर्ता गराए । नम दर्ता गराउनेहरूमा सरिता र सीमा पनि थिए ।