मदेखि त टाढा हुन भाग्यौ भन्ने सुनेको छु
धेरै जनासँग तिमी लाग्यौ भन्ने सुनेको छु
टुक्राएर मेरो माया तिमीले मसँग अब
सधैलाई अलबिदा माग्यौ भन्ने सुनेको छु
सम्पत्तीको तराजुमा जोख्यौ अरे मायालाई
छानी-छानी धनाढ्यलाई ताक्यौ भन्ने सुनेको छु
राम्रो बाटो छाडी तिमी यौवनले मात्तिएर
ईज्यतको सीमा सबै नाघ्यौ भन्ने सुनेको छु
उच्छृन्खल कार्य गरी समाजमा आफ्नो नाउँ
कृतघ्नको दर्जा भित्र राख्यौ भन्ने सुनेको छ
