Skip to content


भन्नलाई भने पनि तिमी टाढा गई सक्यौ
तर मुटुभित्र मेरो नछुटिने भई बस्यौ

टुटाएर गयौ तिमी लगाएको पिरती त्यो
जुनीजुनी सँगै जिउने तिम्रो वाचा अब के भो
छोड्नै रैछ मलाई भने यो मुटुमा छिर्यौ किन
प्रेम गर्दाको परिणाम विछोडले तिर्यौ किन

मेरो साँचो मायालाई नबुझेर गयौ कि त
बिच बाटोमा एक्लै छाडी लाग्यौ तिमी अर्कैसित
तिमीले झै बिर्सिन म जति यत्न गरे पनि
याद तिम्रो आईदिन्छन् झन् धेरै गाढा बनी

भन्नलाई भनेपनि तिमी टाढा गईसक्यौ
तर मुटुभित्र मेरो नछुटिने भईबस्यौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *