एउटा गाँउको बिद्यालयमा कक्षा८ मा पढ्दै थिए सरिता र सीमा । उनीहरूको कक्षामा उनीहरू पढाईमा प्रथम दोश्रा नभए पनि उनीहरू लगनशील र परिश्रमी बिद्यार्थीको रुपमा चिनिन्थे बिद्यालयमा । पढाईमा मात्रै सीमित नभई अरु कुराको पनि ज्ञान राख्ने र अन्य कृयाकलापमा पनि सरिक हुने उनीहरूको बानि थियो ।

एक दिन बिद्यालयमा शिक्षा दिवसको अवसर पारेर चित्रकला र रंगभर प्रतियोगिताको आयोजना गरियो । यस कार्यक्रमको लागि बिद्यालयका धेरैले सहभागिताको लागि आफ्ना नाउँ दर्ता गराए । नम दर्ता गराउनेहरूमा सरिता र सीमा पनि थिए ।

कार्यक्रम विद्यालयको प्रांगणमै सन्चालन गरिने भएछ । जसमा सहभागी एक्लै वा समूहगतरुपमा सहभागी हुन पाउने र दिइएको विषयमा गराएको चित्रमा रन पनि भर्नुपर्ने कार्यक्रमको नियम निर्धारण गरियो । धेरैले आफु एक्लै प्रथम हुने अभिलासाले एक्लै नाम दर्ता गराए । सरिता र सीमाले पनि एक्ला एक्लै नाम दर्ता गराएका थिए ।

कार्यक्रम हुने दुई दिन पहिले उनीहरूले नाम दर्ता गराएका थिए । त्यसदिन उनीहरूसबैलाइ दिइएको बिषयमा घर गएर चित्रको अभ्यासमा जुटे । सबैजनाले आफूले केसम्मको राम्रो गराउने ध्याउन्नमा निकै मिहिनेतका साथ अभ्यास गरे । यता सरिता र सीमा भने अन्योलमा परे । सरिता राम्रो चित्र बनाउन दक्ष थिइन् तर त्यसमा रनरोगन गर्न पटक्कै आउदैनथ्यो । यता सीमालाई चाहि रनरोगन गर्न साह्रै सीपालु थिइन् तर चित्र कोर्न जान्दीन थिइन् । सरितालाई चित्र बनाएर मात्र नहुने र सीमालाई रनरोगन गरेर मात्र कार्यक्रममा सहभागि हुन पाउने नियम थिएन । उनीहरू दुवै अन्योलमा परे । त्यसपछि उनीहरू दुवैलाई यौटा उपाय आयो की उनीहरू दुवै समूहगतरुपमा सहभागी हुने जसमा सरिताले चित्र बनाउने र सीमा रनरोगन गर्ने । दुवैजना अर्को दिन भेट भएर यस कुरामा सहमती भई पुन समुहगतरुपमा नाम दर्ता गराए ।

शिक्षा दिवश पनि आयो र कार्यक्रम पनि सञ्चालन भयो । जसमा सवैजना सहभागीहरूले चित्र गराउनुका साथै रनरोगन गरेर आफ्नो कला बुझाए ।त्यसपछि प्रतियोगिताको नतिजा पनि प्रकासित भयो जसमा सरिता र सीमाको समूह प्रथम भयो । यसरी यदि सरिता र सीमा आफ्नो खुसी नबुझेर एक्लै जित्ने आशामा लागेको भए उनीहरू प्रथम हुदैन थिए । त्यसकारण आफ्नो प्रतिभा चिनेर सामुहिकरुपमा लाग्दा ठूलो कार्य पनि सम्पन्न गर्न सकिने प्ररेणा यस कथाबाट लिन सकिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *