सुने मैले तिम्रो साह्रै प्यार छ रे गजलसँग
ढुक्ढुकीका तरङ्गका, यार छ रे गजलसँग
कसैलै भन्नुपरे, साच्चै मुटु बिझ्ने गरी
आरीभन्दा अझै तिखो, धार छ रे गजलसँग
मनपरेका मन्छेलाई, दिलभित्रका सन्देशहरू
पठाउने ती अदृश्य, तार छ रे गजलसँग
बसन्तलाई निम्त्याउन, उजाड् निरस् जिन्दगीमा
हराभरा फैलाउने, झार छ रे गजलसँग
कसैसँग भन्नलाई, नसकेका भावहरू
सिङार्नलाई बहुमुल्य, हार छ रे गजलसँग
जवानिले निम्त्याएका, असभ्य र बिकृत ती
खयालहरू रोकिराख्ने, बारा छ रे गजलसँग
