सृजना (प्रेमकथा)


“आई लभ्यू” मैले उनको अगाडी हिम्मत गरेर भनें ।

“ह्वाट?” उनले भनिन् ।

“आई लभ्यू” मैले दोहोर्याएर आफ्नो शीर केही झुकाएँ ।

“पागल त भा’छैनौ तिमी?आज अप्रिल फूल होईन बुझ्यौ?” उनले भनिन् ।

“साच्चै भन्या सृजना, म तिमीलाई मन पराउँछु” मैले भने ।

“के रे ? तर मलाई तिमी मन पर्दैन । भयो जाऊ, आई डन्ट लाइक् दिस् थिङ्ग” विचैमा उनले अलि चर्को स्वरमा भनिन् ।

मैले केही डर मिश्रित स्वरमा फेरि भने “तिमी सिरियस् भौ’न, म तिमीलाइ अति चाहन्छु । यति भन्नलाई धेरै दिन कुरेर आज भन्दैछु । तिमीलाई आफ्नो प्रेमिका ।”

विचैमा उनले मतिर हेर्दै भनिन् “पागल, जाऊ उता । लिभ मी एलोन । हुाहा । प्रेमीका बनाउँछु रे? मलाई तिम्रो कुरुप हेर्नु छैन । यस्ताले माया गर्छु रे । गुण्डा” उनले नसोची सजिलै भनिदिइन् । “सँगै पढ्ने साथी नभएको भए तिम्लाई जान्या’थें” भन्दै भुट्भुटिदै उनी गइन् त्यहाँवाट ।

यद्यपि अलि होस नपुर्याएर फ्याट्ट बोल्ने बानी थियो उनको, तर अरु सम्पूर्ण कुराहरू मलाई नितान्त प्रिय लाग्थे । आफ्नै क्याम्पसमा सँगै पढ्ने अलि चञ्चले स्वभाव भएकी थिइन् उनी । सुरुदेखि उनको रुप र यस्तै चञ्चलताले मलाई आकर्षित गरेको थियो । नजानिदो पारामा उनलाई मात्रै आफ्नो मानसपटलमा पाउन थालेपछि नभनी भएन भन्ने सोचेर उनलाई आफ्नै क्याम्पसमा एक्लै भेटाएको मौका पारी भनेको थिएँ मैले यस्तो । तर उनले अतिनै सजिलो गरि कुरा गरिन् मानौ मैले माया गर्छु भनेको कुराको कुनै अर्थ छैनन् । हरेक स्मृतिमा उनको सम्झनाले सताएर कति दिनपछि हिम्मत जुटाएर उनीसामू भनेको मेरो भित्री पीडा उनलाई के थाहा ?

एकदिन हामी हाम्रो क्याम्पसवाट पिकनिक जाने भयौं, हाम्रो कक्षामा पढ्ने सवैजना लाग्यौ पिकनिक स्पोर्टतर्फ । पिकनिक स्थलमा पुगेपछि समुह समुह भई कोही कता, कोही कता आफ्नै तालमा रमाइलो गर्न थाल्यौं । हामी पाँच र छ जना एक ठाउँमा बसेर तास खेल्दै थियौं । केही पर आपकोरुखमुनि सृजना र अरु केटी साथीहरू अन्ताक्षरी खेल्दै थिए ।

अकस्मात् मैले देखें आपको रुखमुनिवाट एउटा डरलाग्दो सर्प सृजनातिर हिड्दै गरेको । म डराएँ साथीहरूलाई देखाउन “ओ हो साप” भन्दै त्यतैतिर इसारा गरें । मलाई सृजनालाई टोक्ने हो कि भन्ने चिन्ता लाग्यो साथमा सर्पसँग डर पनि । उत्तिखेरनै म नजिकै रहेको एउटा क्रिकेट व्याट लिएर त्यतै दगुरें “सर्प, भाग तिमीहरू” भन्दै त्यो सर्पलाई हिर्काएँ । त्यो मैतिर टोक्ला झै गरेर आयो । अरुसाथीहरूले ढुंगाले हान्न थालेपछि त्यो सर्प भाग्यो । केटीहरू सर्पतिर हेर्दै नहेरी पर गाडीतिर जादैथिए ।

“सर्प त गयो” मेरा साथीहरूले भनेपछि उनीहरू विस्तारै आए ।

सृजनाको भीडियो क्यामेरा त्यही ठाउँमा थियो । मैले टिपेर उनी नजिकै गई त्यो दिदै भने “लौ तिम्रो, उफ् कत्रो होला । धन्नै मिम्लाई टोकेन । तिमीतिरै आउदैथियो ।”

मलाई लागेको थियो त्यतिवेला कि उनले मलाई भन्लिन् “थांक्स्, मेरोज्यान वचाएकोमा ।” तर त्यो भिडीयो क्यामेरा लिदै उनले भनिन् “खै पत्याउन गाह्रो छ ।”

“किन?” मैले आश्चर्यताकासाथ सोधें ।

“नक्कली साप ल्याथौ होला, यसरी बचाएको नाटक गरेर मलाई प्रभावित गर्न ।” उनले फेरि भनिन् “फिल्मी शैली टिक्दैन बाबु ।”

म दगं परे । उनले यसरी भन्दै थिईन् कि मानौ उनलाई सर्पबाट टोक्नवाट वचाएर मैले गल्ती गरें ।

“यो कस्तो स्वभाव?” आफैसँग प्रश्न गरे अनि फेरि सोचें “तर जे भए नि धन्य, यिनलाई टोक्न भ्याएन । अलिपर सँगै उभिएका सरिता र सिमाले भन्दै थिए “के भन्या यस्तो? साच्चै साप आथ्यो होला के । यस्तो कुरा नगर् सृजना ।”

“मलाई था’छ के यी केटाहरूको वांगो नाटक, हिड् उतातिर जाऊँ,” सृजनाले भनी ।

माया त अति गर्थे म, उनको यस्तो स्वभाव भए पनि । त्यसैले उनलाई केही नभएकोमा भित्रभित्रै खुसी हुदै म आफ्ना केटा साथीहरूसँग क्रिकेट खेल्न लागें एकछिनपछि । त्यो दिन हामी थप अरु रमाइलो गरेर पिकनिकवाट फक्र्यौं ।

त्यो दिनको रात उनलाई बचाउन सकेको घटना धेरै सम्झिएँ । “सर्प त सिधै उनीतर्फ आउदैथियो, उनलाई टोकेको भए ?” भन्ने जस्ता खयालहरू आइरहे अनि प्रार्थना पनि गरे “प्रभु सके उनलाई मेरी बनाइदिनुस्, नभए उनको सामू यस्ता तगारा कहिल्यै नआउन् ।”

अर्को दिन क्याम्पसमा मलाई सरिताले भनि “ओ हो । तिमीलाई सृजनाले खोज्दै थिई, ऊ अहिले क्यान्टिनमा छे । जाऊ अरे अहिल्यै ।”

म आश्चर्यले भरिएँ । “साच्चै हो र?” मैले प्रश्न गरे ।

“अँ के हो, जाऊ” भन्दै ऊ गई ।

“के हो यस्तो? कि मन फेरियो सृजनाको? हिजो सर्पवाट वचाएको सरिताले सम्झाएर मन फेरियो कि? माफी माग्न वोलाएको हो कि? हुन त हिजो प्रभूसँग प्रार्थना गरेको थिएँ । सायद प्रभूको कृपा हो कि यो? नभए ठाडै त्यस्ता कुरा गर्न सक्नेले किन एक्लै वोलाउनुपथ्र्यो?” यस्तै सोच्दै म अति खुसी हुदै क्यान्टिन गएँ । उनीसामू उपस्थित भएर खुसी साथ भने “त्यसो भयो आखिर पछुतो भयो हैन । मैले पहिल्यै भनेको थिए नी तिमीलाई माया गर्छु भनेर । ठीकै भयो तिमीले । ।”

“के अरे? पछुतो? तिमी अझै यो खयालमा छौ? ओ गड् ।” बिचैमा उनले भनिन् । आफ्नो झोलावाट केही फोटाहरू झिकेर मलाई दिदै भनिन् “यी पिकनिका तिम्रो फोटाहरू । यै दिनलाई हो बोलाको । नन्सेन्स्, माया गर्छु रे? हुह् । अनि सुन मिष्टर, अर्को हप्ता म अमेरिका जाँदै छु ।”

“किन?” मैले सोधें ।

उनले भनिन् “पढ्न स्कोलर्ससिप पाएँ के त्यहाको कलेजमा, इम्वेसीको तर्फवाट । अब त मायाको नाटक छाड्छौ होला नि?”

मैले सोचें “खै? कहिले सुध्रेला तिम्रो वानी, अब त टाढिने भयौ मबाट । मेरो जिन्दगीको तीतो यथार्थ यस्तै भयो । मैले तिमीलाई गरेका सच्चा माया, मद्दत र शुभेच्छाहरू पनि तिम्रो लागि नाटक मात्रै भयो । तिमीप्रति मेरो भित्री हृदयले क्षणक्षणमा आभाष गर्ने अपार स्नेहरूको कुनै मोल छैन? के माया यस्तै हो त । ?”

२०६८/३/९

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *