प्रदेश र राज्य हुँदा बिदेशीले मराउला
जात-जाति मात्रै भन्दा नेपाली नै हराउला
सीमानामा आँखा तरी आपसमै लड्दाखेरी
बिदेशीले नेपालनै आफ्नो भूमि गराउला
होसियार कुनै दिन नेपालका नदीमाथि
बिदेशीले जहाजहरू बिना डर तराउला
निर्धो छ है हाम्रा देश बिदेशीले नेपाल नै
माछाजस्तै जन्जीरको जालभीत्र पराउला
दुई ठूला सर्प बीच च्यापिएको देश हाम्रो
निली हाम्रो देशलाई आफू चाहिं रमाउला
जात धर्म निहुँ दिई नेपाली नै बिर्सीएर
देशैभरि हिंसा अनि अशान्तिले समाउला
