Skip to content

आँशु र हाँशोले बाँधेको जिन्दगी


म रुदै जन्मिए
चिच्याउदै जन्मिए
मेरो आगमनमा
अरु हाँस्दै थिए
नाच्दै थिए ।

हाँसियो
रोईयो
नाचियो
गाइयो
जीवन बाचुन्जेल ।

अन्तत:
स्वाभाविक मृत्‍यु स्विकार्दै
म पनि मरे
लम्पसार चिर निद्रा निदाए
जीवनको गरुङ्गो भारी
बिसाए झै गरेर,
वा ! कस्तो आनन्दित मृत्‍यु ?
तर
उसबेला
मेरो मृत्‍युमा
अरु रुदै थिए
चिच्याउदै थिए ।

शायद
सार्थक जिन्दगी नै यही हो,
अरुलाई
हसाउदै जन्मिएपछि
फेरि
रुवाउदै मर्नु पर्छ -जिन्दगी ।

बिरानो देशबाट
३१ मे २०१३

मझेरीमा पहिलो पटक प्रकाशित – 2013-06-01 08:08:03 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *