Skip to content

एउटा लिम्बुवानी गीत -“जय लिम्बुवान “


आमाले पोतेको घर हो -लिम्बुवान
बिरताले रोपेको थर हो -लिम्बुवान
बाबाले जोतेको माटो -लिम्बुवान
पुर्खाले खोपेको बाटो -लिम्बुवान
जय,जय,जय,जय -लिम्बुवान

पश्चिम अरुण सुसाउछ, पूर्व फालेलुङ
दक्षिणमा माई बग्छ, उत्तर मुकुम्लुङ
ए…है…..लिम्बुवानको ढाका टोपी
हिमाल सेसेलुङ, हिमाल फक्ताङ्लुङ
आमाले पोतेको घर हो -लिम्बुवान
बिरताले रोपेको थर् हो -लिम्बुवान
जय,जय,जय, जय -लिम्बुवान

इँवा तमर आबिरल, बड्यो लिम्बुवान
हाङ्देवाको पहिरो दुख्दा, रुन्छ लिम्बुवान
ए….है….लिम्बुवानको सिरबन्दी
हिमाल सेसेलुङ, हिमाल फक्ताङ्लुङ
बाबाले जोतेको माटो -लिम्बुवान
पुर्खाले खोपेको बाटो -लिम्बुवान
जय,जय,जय,जय -लिम्बुवान

आमाले पोतेको घर हो -लिम्बुवान
बिरताले रोपेको थर हो -लिम्बुवान
बाबाले जोतेको माटो -लिम्बुवान
पुर्खाले खोपेको बाटो -लिम्बुवान
जय,जय,जय,जय -लिम्बुवान

एक लिम्बुवानी आन्दोलनका योध्दा मेरो आफन्तको विशेष आग्रहमा लेखिएको गीत हो यो । यो गीत उहालाई नै सुम्मेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *