Skip to content

श्री किरण वाग्ले

तिमी नै हौ

नछुदैमा मन दु:खायौ भन्ने तिमी नै हौ
नगरेको गल्ती लुकायौ भन्ने तिमी नै हौ ।।

सम्मान गरी स्वागत के गर्दै थिए
हारेपछि सिर झुकायौ भन्ने तिमी नै हौ ।।

भाउ भन्न सकेनौ

मन मन्दिरमा सजाए पनि आऊ भन्न सकेनौ
घोप्टो परी काखमा रोयौ जाऊ भन्न सकेनौ

कर्तब्यले मेरो माया मझधार्मा उभ्याइदिँदा
लर्खरिँदा मेरा पाइला समाऊ भन्न सकेनौ

मर्कसिटमा फेल भयो

माया मार्छु भन्दा झन माया भेल भयो
सकिएन टाढा हुन न त फेरि मेल भयो

पिल्सिएर आँफै भित्र मन्को इच्छाहरू दबाउँदा
कसैसँग भेट नहुने जिन्दगी यो जेल भयो

बानी भयो तिम्रो माया

खडेरीमा बर्सिएको पानी भयो तिम्रो माया
सोमरसमै लठिए झैँ बानी भयो तिम्रो माया ।।

जति खोज्छु तैरिनलाई उति डुबिएझै लाग्छ
सम्हालिन नसकिने खानी भयो तिम्रो माया ।।

बबाल उस्तै उस्तै

लगाउँदिन माया भन्दा बबाल उस्तै उस्तै
आँफै दिन्छौ धोका अनि सबाल उस्तै उस्तै

मन बहकाउने साथी अर्को नभेटुन्जेलसम्म
फकाउन लायौ अनेक दलाल उस्तै उस्तै

छुटा छुटै रेट थियो

सहमतिको यात्रामा त्यो अन्तिम भेट थियो ।
बिछोडिनु पर्ने कारण पारिवारिक गेट थियो

आँखाभरि आँसु बोकी तर प्रयास गर्दै थिए ।
आखिरमा हार्नै पर्ने खेल चङ्गा चेट थियो