माया मार्छु भन्दा झन माया भेल भयो
सकिएन टाढा हुन न त फेरि मेल भयो
पिल्सिएर आँफै भित्र मन्को इच्छाहरू दबाउँदा
कसैसँग भेट नहुने जिन्दगी यो जेल भयो
पटक पटक मेरो भाग्य जुवा दाउमा लागाए झैँ
जे गरे नि हार्नै पर्ने आनौठो यो खेल भयो
भूमरीमा अल्झिए झैँ मुलबाटो कतै भेटिएन
माया भन्ने चिज यस्तै घामछायाँको खेल भयो
परीक्षामा पास हुने तयारी नि राम्रै थियो
रिजलल्टमा पास भए मर्कसिटमा फेल भयो

म को हुँ ? लू चिनम् त ।
दाम्मी ख पार्टनर ! तर कतै आफ्नै कुरा पो भो कि …
nice gazal shree ji !
wish u
nice gazal shree ji !
wish u the best 4 ur future.