Skip to content

बबाल उस्तै उस्तै


लगाउँदिन माया भन्दा बबाल उस्तै उस्तै
आँफै दिन्छौ धोका अनि सबाल उस्तै उस्तै

मन बहकाउने साथी अर्को नभेटुन्जेलसम्म
फकाउन लायौ अनेक दलाल उस्तै उस्तै

हुन खोज्थेँ जब टाढा, सताउन मलाई
खोज्यौ आँफैलाई गर्न हलाल उस्तै उस्तै

अर्कोलाई बिर्साउन मलाई रोज्या’ रैछौ
देखाउन राख्यौ फोटो, कबाल उस्तै उस्तै ।

3 thoughts on “बबाल उस्तै उस्तै”

Leave a Reply

Your email address will not be published. Required fields are marked *