Skip to content

जानु भो हजुर


आधा थिए पूरा गरी जानु भो हजुर
ज्यान यता मन त्यतै लानु भो हजुर ।।

कहाँ रात पर्दो रैछ सम्झनाले पोलिदिँदा
न त झिम्क्यो आँखा न ओभानु भो हजुर ।।

कस्तो यो परिबन्ध न छोड्न न तोड्न मिल्ने
बिना घार बिना मौरीको रानु भो हजुर ।।

उकुसमुकुस लाग्न थाले यी गल्ली यी चोकहरू
हजुर बिना काठमाडौं नै सानु भो हजुर ।।

संसार देख्ने आँखाहरू एउटै तस्बिर खोज्छ किन?
पल पल मेरो लागि अचानो भो हजुर ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *