मन मन्दिरमा सजाए पनि आऊ भन्न सकेनौ
घोप्टो परी काखमा रोयौ जाऊ भन्न सकेनौ
कर्तब्यले मेरो माया मझधार्मा उभ्याइदिँदा
लर्खरिँदा मेरा पाइला समाऊ भन्न सकेनौ
अन्तिम चिनो औँठी दियौ मुठी पारी समाइराखेँ
हेर्ने रहर हुँदा हुँदै लगाऊ भन्न सकेनौ
कैले छोड्छ कैले पोल्छ ज्यानभित्रको मुटु पनि
धरै गरे मलम पट्टी तर घाउ भन्न सकेनौ
जाने दिन सोधे मैले कुन मोलमा जोख्यौ माया
बाध्यताको नाम दियौ तर भाउ भन्न सकेनौ
गहभरि आँसु पारी अन्तिम पटक मैले हेर्दा
हत्केलाले आशु रोक्दै नबगाऊ भन्न सकेनौ

nice creation.
nice creation.
दाम्मी पो रख त …
दाम्मी पो रख त …