खडेरीमा बर्सिएको पानी भयो तिम्रो माया
सोमरसमै लठिए झैँ बानी भयो तिम्रो माया ।।
जति खोज्छु तैरिनलाई उति डुबिएझै लाग्छ
सम्हालिन नसकिने खानी भयो तिम्रो माया ।।
एउटा फूल रोप्यौ तिमीले मैले ठाउँ ठाउँमा सारे
चारैतिर तिनै फूल्को घानी भयो तिम्रो माया ।।
तिम्लाई त्यता पीडा हुँदा मेरो मुटु बिझाउँछ
तै बिझाइलाई चिस्याउने बिहानी भयो तिम्रो माया ।।
मैन भित्रको सिखा हु म आँफै जली दिप छर्छु
अँधेरीमा जल्ने मैन रानी भयो तिम्रो माया ।।

comment
nikai sudar 6 gagal nikai ramro.6 safal gagalkar bana main bhaitra ki sikha.
wawa!!!
wawa!!!
mitho gajal ….
mitho gajal ….