दर्शन सापकोटा
हृदयमा ठाउँ
अभिवादन गर्दै माग्छु सानु त्यो हृदयमा सानो ठाउँl
लैला मजनु माया प्रीतिझैं जहाँ गएपनि साथ जाउँll
त्यो महल चाहिंदैन चौरासी व्यञ्जन पनि चाहिएन,
दुःख सुख मोटो मसिनो हामी जे खाएनी सँगै खाउँll
जीवनभर सँगै रहिरहुँ हाम्रो मन कहिल्यै नफाटियोस्,
हाम्रो वस्त्र फाटेर के भो , आपसमा मायाले टाली लाउँll
प्रणय दिवसको नाममा , कसैमाथि खेलवाड नगरौं,
स्वच्छ मन – साँचो माया, हामी हाँसी खुशी बसुँ आउl
तिम्रो माया
तिम्रा लागि रातो गुलाब टिपेर नै आए म तl
माहुरीले फुल जस्तै तिमि सम्झी धाए म तll
सुन चाँदी हिरा मोति बहुमुल्य हुन्छ भन्छनl
त्यो भन्दा नि बहुमुल्य तिमिलाई पाए म तll
यौवन को बासनाले अरु खालान झुटो कसमl
तिमि भनि सयौं जुनी ज्यूँने कसम खाए म तll
आफ्नै मुटु पर सर्दा तिमि झन नजिक आयौl
सबै छाडी अब तिम्लाई माया लाए म तll

जीवन मेरो यस्तै रैछ सँधै दुखै दु:ख,
जब दिलमा सैतानको हाबी हुन्छ!