Skip to content

दर्शन सापकोटा

DarshanSapkota

बिदेशिनुको पीडा

जीवन मेरो यस्तै रैछ सँधै दुखै दु:ख,
कहिले होला जीवनमा हुने मलाई सुख ।।१।।

भाग्यले नि सँधैभरि मैलाई ठग्ने कस्तो,
किन भयो जीवन मेरो कागज भन्दा सस्तो।।
कुन जुनीमा के पाप गरेँ र भोग्नु पर्यो अहिले,
रुनु पर्ने किन होला सँधैभरि मैले ।।२।।

दुई थोपा आशु चुवाइ दिनु होला

पिर-चिन्ता छ यो मनमा यस्तो,
बाँच्नुनै प्यारो भएनी जे जस्तोl

यो जिन्दगी कस्तो कस्तो?
सल्केको चुरोट्को धुलो जस्तोl

आशा सबै मरी सके,
बिरानो लाग्छ जिन्दगी किन होला ?

म मरे पछी मेरो लासमा,
दुई थोपा आशु चुवाइ दिनु होलाl

आँखा भरी आँशु

आँखा भरी आँशु पारी बाँचेको छ तिम्रो काले,
अब जिउने आशा मारी बाँचेको छ तिम्रो कालेl

मन समिप भए पनि तन टाढा भयो आज,
आफू संग आफै हारी बाँचेको छ तिम्रो कालेll

समयले कस्तो खेला देखायो नि आज हाम्लाइ,
विरहमा आँशु झारी बाँचेको छ तिम्रो कालेll

हृदयमा ठाउँ

अभिवादन गर्दै माग्छु सानु त्यो हृदयमा सानो ठाउँl
लैला मजनु माया प्रीतिझैं जहाँ गएपनि साथ जाउँll

त्यो महल चाहिंदैन चौरासी व्यञ्जन पनि चाहिएन,
दुःख सुख मोटो मसिनो हामी जे खाएनी सँगै खाउँll

जीवनभर सँगै रहिरहुँ हाम्रो मन कहिल्यै नफाटियोस्,
हाम्रो वस्त्र फाटेर के भो , आपसमा मायाले टाली लाउँll

प्रणय दिवसको नाममा , कसैमाथि खेलवाड नगरौं,
स्वच्छ मन – साँचो माया, हामी हाँसी खुशी बसुँ आउl

तिम्रो माया

तिम्रा लागि रातो गुलाब टिपेर नै आए म तl
माहुरीले फुल जस्तै तिमि सम्झी धाए म तll

सुन चाँदी हिरा मोति बहुमुल्य हुन्छ भन्छनl
त्यो भन्दा नि बहुमुल्य तिमिलाई पाए म तll

यौवन को बासनाले अरु खालान झुटो कसमl
तिमि भनि सयौं जुनी ज्यूँने कसम खाए म तll

आफ्नै मुटु पर सर्दा तिमि झन नजिक आयौl
सबै छाडी अब तिम्लाई माया लाए म तll

स्वार्थी संसार

जब दिलमा सैतानको हाबी हुन्छ!
तब मान्छे मति भ्रष्ट सराबी हुन्छ!

एक चिम्टी सिन्दुरको भरमा किन
नारी माथि पुरुषको दाबी हुन्छ !

खाली आयौं हिजो भोलि खालि जान्छौं
व्यर्थै मान्छे सम्पतिको किन लोभी हुन्छ !

महसुस

मलाई सम्झनेछौ तिमी कसैको पनि साथ नहुँदा।
याद गर्ने छौ घरी घरी उदास र दुखी तिम्रो मन हुँदा।
अनी रुनेछौ तिमी मेरो माया र साथ सम्झी सम्झी,
खोज्ने छौ तिमी मलाई त्यती बेला म हुनेछु धेरै टाढा।

नखोज्नु है मलाई

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा,
म त उजाड मरुभुमिमा आफै हर्राई सकेछु ।
नसम्झिनु है मलाई कुनै रमाइलो खुशियालीमा,
म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु ।
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा,
मत औसीको रात बनि अँधेरोमा डुबी सकेको छु ।

आमा

मलाई अलिकति धैर्य र जाँगर देऊ आमा,
खहरेको भेल होइन सहन सक्ने सागर देऊ आमा।

यो बलियो पाखुरी र फराकिलो छातीहरू,
यो हत्केलाभरि उत्साहको संसार देऊ आमा।