जिन्दगी ओरालो बगेको पानी जस्तै रहेछ,
अनेक सपना बोकी सधैं एता उता भाग्नु पर्ने ।
माया ममता डुब्न लागेको घाम जस्तै रहेछ,
खुशी आफै पग्ली जाने मैन बत्ती जस्तै रहेछ,
उज्यालोमा रम्दा रम्दै अँधेरोमा बाच्नु पर्ने।
एकै छिनमा सारा संसार त्यागी बिलिन हुनुपर्ने।
मन फाटेर जाने च्यातिने कपडा जस्तो रहेछ,
आफ्नो मन त केवल आफैले मात्र सिउनु पर्ने।
