जब दिलमा सैतानको हाबी हुन्छ!
तब मान्छे मति भ्रष्ट सराबी हुन्छ!
एक चिम्टी सिन्दुरको भरमा किन
नारी माथि पुरुषको दाबी हुन्छ !
खाली आयौं हिजो भोलि खालि जान्छौं
व्यर्थै मान्छे सम्पतिको किन लोभी हुन्छ !
डोकामा दुध् दोही कहिले अडिएको छ र?
सोचौं कर्म भन्दा ठुलो भावी हुन्छ !
जस्ले पुज्छ कर्म सम्झी आफ्नो धर्म
उस्कै हातमा सुन्धर भविष्यको चावी हुन्छ !
