Skip to content

नरेन्द्रराज पौडेल

भुँडी सत्यम् अरू मिथ्या

  • by

तपाईं सँाच्चिकै देशभक्त भए यो देश बन्छ बन्दैन खासै ख्याल नराख्नु होला । सरकार चल्छ चल्दैन, उतिसारो ध्यान नदिनु होला ।

लौरा-थरी थरीका

  • by

उहिलेको काठमाण्डू । त्यसमाथि मीन पचास अर्थात् माछालाईसुद्ध जाडो हुने पुस-माघका पचास दिन । बगेको ढुङ्गे धारो बिहानी ठिहीमा ट्याक्कै जम्थ्यो रे । जमेको धारो लौरो बन्थ्यो रे । त्यही लौरो टक्टक् टेकेर फट््फट् हिँड्थे रे मान्छे उहिले ।

अकवरे सहमति

  • by

भनिन्छ अकवरे खुर्सानी छोइ नसक्नु हुन्छ -जण्ड पीरो । अकवरी सुनलाई कसी लगाउनु पर्दैन । अकबर बादशाह इन्साफ गर्नेमा एक नम्बर थिए आदि आदि । त्यस्तै नेपाली नेताहरूका बीचमा हुने अकवरे सहमति पनि कम मापाको भन्न काहाँ मिल्ला त । यसको फर्मूला नै आफैंमा उखर्माउलो पाराको हँुदो रहेछ । त्यसमाथि जामा फेटा गम्छा पतलून टोप बूट पहिराएर सिँगारपटारसहित मिडिया चउरको चौतारीमा निकालल्दा त गाइजात्राको जन्तुलाई समेत ठ्याक्कै बिर्साउने ।

यात्रा केबुलकारको

  • by

मिनिबस्मा झकाएछौं, सुस्तसुस्त जाग्न थाल्यौं
केबुलकार चढेपछि माथिमाथि भाग्न थाल्यौं
त्रिशूलीलाई तलै छोडी हावासँग कावा खाँदै
देवीसँग दयादृष्टि विनम्र भै माग्न थाल्यौं

सुरक्षाको सँग्रालो

  • by

हातमा छडी । शिरमा थुप्रै तारा खुकुरी चिन्ह अङ्कित फुलझडी । कम्मरमा चाक्लो पेटी । आङमा बाक्लो चिप्लेटी । काँधभरी फुली पाउमा बर्मे बुट । फिटफाट पोशाक । रसिलो, भरिलो, चिल्लो मुहार । टल्ल आँखा । डम्म शरीर ।

थैलाहरूको खैलावैला

  • by

हेगेनकोप नाउँको एकादेशको सुन्दर टापुमा विश्वभरिका अभागी भेला भएर रमाइलो मेला जमाउँदै रहेछन् । नौरङ्गी अनुहारका सत्रथरी बर्ग, समुदाय र दिक, काल, स्थानविशेषबाट आएकाले रङ्गीचङ्गी लाग्थे अभागीहरू । कोही समुद्रले निल्दै गएकाले पानीपीडित बनेका थिए ।

काले र भाले

  • by

एकादेशको काले गाउँमा एकदिन एउटा खाइलाग्दो अज्ञात प्राणीले विवाद प्रक्षेपण गरििदएछ । कुन लोक वा कुनचाहिँ ग्रहपिण्डबाट के उद्देश्यले किन आएछ त्यो अज्ञात वस्तु, कसैले भेउ पाउन सकेन । तर, उसले विवाद खडा गरििदयो । विवाद पनि यसरी व्यापक र तीक्ष्ण बनिदिएछ कि अज्ञात प्राणीको स्वर सुन्दै दाइ काले र भाइ काले दुवैका नेत्र बलेछन्

सप्रिएको घर

  • by

मान्छे मान्छे जस्तै थिए र नै मान्छे थिए । मान्छे त्यहाँ खान्थे, बस्थे । स्नान सुची गर्थे । उड्थे, निदाउँथे, घुर्थे, बौलाउँथे, भाँडिन्थे । कसैलाई अनिद्रा रोग थियो । रातभरि हिँडेर अन्त जान्थे बिहान फर्किएर त्यहीँ आउँथे । कसैलाई अतिनिद्रा रोग थियो । घुर्न निदाउनबाहेक अरू केही जान्दैनथे । कोही अनौठा थिए । त्यसैले उनीहरू दाँत बजाउँथे । चप्पल चलाउँथे । मुक्का खेलाउँथे । केही समयको लागि सम्झौता गर्थे । मिल्थे । फेरि चुच्चा जुधाएर ठुटै बन्थे । हात मल्थे । एकै भएको देखाउन अनुहार साटासाट गर्थे । कतिलाई बेलाबेलामा काम ज्वरो चढ्थ्यो । बर्बराइ रहन्थे । कतिलाई छारे रोगले पक्रन्थ्यो । दाह्रा किटेर फिँज काड्थे । अनि फेरि तत्कालै सद्देझैँ अँगालो मिलाउँथे । आहारिस नाउँको काँचो वायु आङमा चढेपछि फेरि तत्कालै भङ्गालो बनेर फाट्थे ।

अदना कविको सपना

  • by

अस्वस्थ कल्पनाले मानिस पागल बन्छ स्वस्थ कल्पनाले बन्छ कवि” महाकवि लक्ष्मीप्रसाद देवकोटाको यही वाक्य मनमा खेलाइरहन्छन् उनी। कविता लेखेपछि कवि हुइन्छ अनि सबैले मान्छन् भन्ने उनको विश्वास छ।
अरुको कविता उति त्यति मन पराँउदैनथे र पढ्दैनथे पनि। धेरै पढ्नु समयको बर्बादी गर्नु मात्रै थियो उनको दृष्टिमा। त्यसैले उनका कविता सधैँ मौलिक हुन्थे। सामान्य शिक्षा लिएपछि अरुको काव्य, रचना, दर्शन आदि अध्ययन गर्ने दुर्व्यसनतिर उनको रुचि गएन।

बर्कतको हर्कत

  • by

दिन-उमेरले बर्कत बढ्दै गएपछि नानाभा“ती हर्कत देखाउनु नौलो कुरा रहेनछ । पाडो बढेपछि रा“गो बन्छ र थोरेको बगाल कज्याउ“छ । चल्ला बढेपछि भाले हुन्छ र पोथी सर्ुमर्छ । बहर फस्टाएपछि सा“ढे बनेर सुइठाउ“छ र प्रतिद्वन्द्वीका नाउ“मा सि“गौरी खेल्छ अनि तोरीबारी र“गेल्छ । छाउरो बढेपछि डा“गो बन्छ अनि गल्ली, सडक जथाभावी भुक्न, उप्रिmन र टोक्नसमेत छुट पाउ“छ । त्यसैले होला हिटलर बाजेले आफ्ना प्रिय जनरलहरूलाई भन्थे रे, उच्च मनायोगले आत्मबल बढाऊ, शत्रु लडाऊ र धर्तीमाथि एकाधिकारी र्सवसत्तावादी दरो पाउ जमाऊ । कहिल्यै खुट्टा नकमाऊ । बस् † हाम्रै कर्ुर्सर्ीीन्त नेताहरू पनि बाजेभन्दा कम कहा“ छन् र – आफ्नो हालहैकम चल्दासम्म देश लोकतन्त्र र गणतन्त्रमय बन्छ अलि तलबितल परे प्रतिगमन उर्लिएर छोप्नै खोजेको भान पर्छ ।