Skip to content

राजेन्द्र पराजुली

तोदालाई स्वागत

विगत केही वर्षदेखि मुलुकको अर्थतन्त्रलाई चलायमान बनाएको छ, रेमिट्यान्सले । नवोदित लेखिका उमा सुवेदीको उपन्यास तोदा की मूलपात्र पार्वती र थुप्रै सहायक पात्र रेमिट्यान्सवाहक बनेका छन् ।

लडाइँ: बेइमान राजनीति विरुद्ध

आख्यानकार नयनराज पाण्डेले डेढ दशकअघि ‘उलार’ उपन्यास मार्फत प्रस्तुत गरेको नेपाली राजनीतिको एउटा व्यङ्ग्यचित्र निकै प्रशंसित भएको थियो।

पूँजीवादी

  • by

खगेन्द्रले सपना देख्न छाडेको ठ्याक्कै पाँच वर्ष भयो। दुनियाँमा सबैभन्दा खतरनाक मान्छे त्यही हो, जो सपना देख्दैन, यसै भन्छन् अचेल खगेन्द्रका पुराना साथीहरू।

अयोग्य

  • by

गोधूलि साँझले त्रिशूलीको पानी सुनजस्तै टल्किरहेको थियो। हिउँदको याम, त्रिशूली शान्त भएकाले पनि पानीले टल्कने मौका पाएको थियो।

सपनामा मार्क्स

  • by

अचानक टुट्यो लालप्रसादको निद्रा । बिहानको तीन पनि बज्न पाएको छैन, उसले हातमा बाँधेको महँगो रोम्यान्सन घडी हेर्यो- दुई बजेर पैँतीस मिनेट मात्र गएको छ । यो पनि कुनै निद्रा टुट्ने समय हो ?

राजनीति

  • by

पार्टीभित्र रघुनाथको त्यागको निकै प्रशंसा हुन्छ। उसको त्याग नै त पार्टीको सफलताको आधार हो। स्वार्थ, बेइमानी र विकृतिले भरिपूर्ण राजनीतिक दुनियाँमा रघुनाथ अपत्यारिलो पात्र छ। आफ्नो पार्टीमात्र होइन अन्

आधुनिक मान्छेको कथा

यो कथासंग्रहको नामबाट यसभित्र रहेका कथा र तिनका विषयवस्तुबारे केही अनुमान गर्न सकिन्छ । ‘नीलिमा’ अर्थात् प्रेमको प्रतीक र ‘गाढा अँध्यारो’ अर्थात् प्रेमविरोधी अवस्था । अँध्यारोले जीवनको विरोध गर्छ, प्रेमको प्रतिपक्षमा बस्छ । अँध्यारोमा राम्रा काम हुँदैनन् । नकारात्मकता र विकृति अँध्यारोमा ज्यादा फस्टाउँछन् ।

गुलियो

  • by

सोझै हानियो संसद् भवनबाट प्रदीप शर्मा नगरकोटतिर । त्यस दिन, जुन दिन प्रदीप शर्मा कतै नहेरी र कसैको वास्ता नगरी नगरकोट गएको थियो- संसद् तातो बहसका साथ चलिरहेको थियो । सङ्घीय, लोकतान्त्रिक, गणतन्त्र नेपालको भाग्य निर्माता संसद्को बैठक महìवपूर्ण विषयको टुङ्गोमा पुग्न भनी जारी थियो । चालू सरकारलाई पुनर्गठित गर्नुपर्ने बहस तातेको थियो संसद्भित्र । त्यसैभित्र यसो कतै ठाउँ पाएको थियो- मुलुकभरको इन्धन हाहाकारले । ऊ आपूर्ति मन्त्री भएका नाताले सांसदहरूले गरेका प्रश्नहरूको जवाफ उसले दिनै पर्थ्यो ।

नया नेपाल

  • by

उसले सुनेको छ, यो निर्वाचनपश्चात् मुलुकमा पछि परेका वा राज्यद्वारा बेवास्ता गरएिका सबै नागरकिको उन्नति हुनेछ । देशका मालिक स्वयम् जनता नै हुनेछन् । निर्धक्क काम गर्न पाइनेछ । कहिल्यै बन्द, हडताल, चक्काजाम वा नाकाबन्दी हुने छैन ।

जम्मा ८ कक्षासम्म पढेको लाल मिजारलाई चुनावप्रति यतिविघ्न भरोसा भने छैन । किनभने, ४८ वर्षो उमेरभित्र उसले कैयौ“ चुनाव देखिसकेको छ, भोट खसालिसकेको छ र उसैले भोट दिएकाहरू कैयौ“ सांसद, मन्त्री, मेयर-उपमेयर, वडाध्यक्ष भइसकेका छन् ।