आँसु नबगाऊ आँसुको मुल्य चुकाउन सक्दिन
विवश यो जुनीमा तिमीलाई अप्नाउन पाउँदिन ।
चाहना मेरो हुदै होईन तिमीलाई रूवाउने
वाध्यता मेरो धेरै छन यहाँ पन्छाउन नमिल्ने ।
यस्तो पनि सहनु पर्दो रहेछ समयको खेलमा
दुई किनार भै बग्नु पर्दोरहेछ जीवनको भेलमा ।
शुभकामना तिमीलाई छ, साथ तिम्रो नभए पनि
अमर रहनेछ हाम्रो माया मिलनहाम्रो नभए पनि ।
सनम गोले
मकवानपुर
हाल मलेशिया
