तिम्रौ यादमा


तडपिएर जिउदैछु तिम्रो यादमा ।
भुल्नलाई पिउदैछु तिम्रौ यादमा ।

आज हामीलाई समयले कतापुरायो
बेहोसीझैं हराउँदैछु तिम्रौ यादमा ।

आँसु तेसै झरी दिन्छ झरी बनी
नरौं भनि आँखा छोप्दैछु तिम्रौ यादमा ।

कति प्रहरहरू सबै जागेरनै बिते
निदाउनलाई खोज्दैछु तिम्रौ यादमा ।

आकाश धर्ति अध्यारो भो विचलित मन
अन्धकारमा दिन बिताउँदैछु तिम्रौ यादमा ।

सनम गोले

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *