तिम्रो आँखामा हेर्न नसकी सर्माउँदै झुके
बोल्न नसकी तिमीसंग सर्माउँदै झुके ।
स्वर्गकी अप्सरा जस्ती बाँन्की जिउ डाल
नसकी बशमा राखन सर्माउँदै झुके ।
बादल जस्तो कालो केश नागबेली चाल
मोहनी लगाउने नजरवाणले सर्माउँदै झुके ।
मृगनयनी आँखा तिम्रो सुन्तले ओठ
लठ्ठाउने शब्दजाल तिम्रो सर्माउँदै झुके ।
मोती झै दाँत तिम्रो वाडूली कम्बर
तिम्रो न्यानो स्पर्शले सर्माउँदै झुके ।
सनम गोले
