Skip to content

मेरो मान्छे भनी


तिमी जस्तो भेटिएन हजारौमा पनि
तिमीलाई नै रोजिसके मेरो मान्छे भनी

जिन्दगीको यात्रा मिठो तिमीसाथ हुँदा
विषै पनि अमृत हुन्छ तिमीले छुँदा

जति सुने सुनौँ लाग्ने तिम्रौ मधुर बोली
स्वागत छ तिमीलाई दिलको ढोका खोली

कति राम्रो सुहाएको लजाउने बानी
नतमस्तक बन्नेगर्छन कस्ता कस्ता पनि

मेरो मनमा राजगर्ने सुन्दरताकी रानी
कोमलताले सजिएकी मायाकी खानी

तिमी जस्तो भेटिएन हजारौमा पनि
तिमीलाई नै रोजिसके मेरो मान्छे भनी

सनम गोले, मकवानपुर
हल मलेशिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *