Skip to content


एउटा कुरा भन्नू थियो भन्नै सकिएन
मनको व्यथा मनैमा रह्यो समाहल्न सकिन

नभनौँ त मनको कुरा गाँठ परी दुख्थ्यो
भनौँ भने कसरी भनौ मनमा डर जाग्थ्यो

आज भन्छु भोलि भन्छु जिन्दगी नै गयो
हेर्दा हेर्दै आफ्नो ठान्थे परायाको भयो

मनको कुरा नभनेर ठुलो भुल गरे
बगर बिचको ढुङ्गा जस्तो यत्ता न उत्ता परे

Leave a Reply

Your email address will not be published. Required fields are marked *