Skip to content

अमृत बास्कुने

बाबा

टिनिनिनि घण्टीको आवाजसँगै चिया खाने समय भएको महशुष भएको छ मलाई । सबै साथीहरूसँगै म पनि बिस्तारै खानेकुरा बाँड्ने ठाउँ तर्फ लागे । सबैलेसँगै खाजा खाने प्रसंग त हो पालै पालो सबैलाई खाजा बाँडे होस्टेलमा । मैले पनि पाए र खाएँ । म यहाँ आएर बसेको पनि धेरै दिन वितिसकेको थियो । त्यो होस्टेल केवल ६ महिनाको लागि सञ्चालित थियो । म जस्तै धेरै बालबालिका त्यहाँ थिए भन्ने मलाई लाग्थ्यो । यस होस्टेलमा पनि धेरै लामो समय देखि म यहाँ बसेको जस्तो लाग्थ्यो तर, त्यत्ती धेरै भएको रहेनछ । आज सबैजना बालबालिकाका आफ्ना अभिभावकहरू आफ्नो बच्चाहरू लिनका लागि आएका थिए । तर मेरो बाबा मलाई लिन आइ पुग्नुभएको थिएन ।

पुलिस

पिठ्युमा पुलिसको लौरी बज्रिएसँगै मेरो निद्रा खुल्यो । कसैको पर्स पाकेटमारले उडाएको रहेछ त्यही पर्स खोज्दै हिँडेको पुलिसले मलाई पाकेट मारको आरोप लगाउँदै भकुर्न थाल्यो । उसको लाठी र लात सहेर बस्ने कुरै भएन म कुलेलम ठोके । म अघि अघि पुलिस पछिपछि कहिले काँही हामी सानै छँदा चोर पुलिस भएर खेल्थ्यौं आज त्यसको लाइभ टेलिकास्ट भएको महसुश हुँदै थियो मलाई । धेरैबेर कुदेपछि मैले पुलिसलाई छक्याउन सकेको थिए त्यसदिन मैले ।

20130602_AmritBaskune_Story

कतिसम्म कुर्न सक्छौ र तिमी ?

  • by

आज चार वर्ष बितिसकेछ तिमी र मसँगै नबसेको पनि । सानै उमेरमा तिम्रो र मेरो विवाह भएको हो । तर विवाहलाई म अहिले पनि कसरी सम्झने कल्पना र सम्झना मात्र त बाँकी छ नि हैन र ? जीवनका आरोह अवरोहहरूमा सँगै जिउने र सँगै मर्ने भनेर हामीले अग्निलाई साक्षी राखेर खाएका कसम अनि अग्निको फेरो लगाएर कोटीकोटी देवताहरूलाई साक्षी राखेका थियौं । तर आज आएर किन यो अवस्था आएको छ मलाई थाहा छैन । किन किन तिमी र मसँगै बस्न सकेनौं । आखिर किन यस्तो भयो ? सबैलाई थाहा छ तिमीलाई र म पनि राम्रोसँग मनन गरिरहेकै छु । समाजलाई पनि थाहा छ हाम्रो बारेमा र किन हामीसँगै बस्न सकेनौं भन्ने कुरा पनि तिमी र म मात्र होइन अरु वरपरका छरछिमेकहरूलाई पनि राम्रोसँग थाहा भएकै कुरा हो । तर समाजको अगाडि किन तिमीले मेरा लागि यति धेरै त्याग गरेको देखाउँछौ ? म अहिलेसम्म पनि जान्न सकिरहेको छैन

आखिर यो दोष कस्को हो त ?

  • by

तिम्रा लागि यो समयमा सायद मैले सम्बोधन गर्ने शब्दनै पाउदीन जस्तो लाग्दै छ । हुनत म एउटा अपराधी भएको छु मैले जानेर या नजानेर एउटा अपराध गरेको छु । तिमी संगको अहिलेसम्म गरेको जुन यात्रा अबिश्मरणीय छ अनि जति अविश्मरणीय छ त्यत्तिनै दुःखदायी पनि । आज आउर मैले मनन गरिरहेको छु कि मैले एक व्यक्ति जसले मलाई आफूभन्दा कयौं धेरै मायाँ गर्ने अनि कति धेरै सम्मान पनि गर्ने गरेको थियो । जस्तो सुकै भए पनि तिमीले मलाई मैले महसुस गरेसम्म भित्री हृदयदेखिनै मायाा गरेकी थियौ जस्तो लाग्छ ।

AmritBaskune

तिमी

  • by

हेर तिमी र तिम्रा लागि भनेर मैले जिन्दगीका एक दशकका शिशिर र बसन्तहरू तिम्रै साथमा बिताए । तिमीलाई स्याहार गरेँ, तिम्रा प्रत्येक पलमा साथ दिएँ, तिमीलाई सँधै मायाँ गरे, कहिल्यै तिम्रो साथ छोडिन । अहिले समय बदलिएछ । किनकि म तिमीसँग छैन म तिमीभन्दा टाढा पुगेको छु ।

मानिस परिस्थितिको दास नै हो त्यसैले त्यही परिस्थितिको कारणले गर्दा म अहिले तिमीभन्दा टाढा पुगेको छु । मेरो रहर होइन बाध्यताले गर्दा तर दुःख लागेको छ । तिमी सँगै अहिलेसम्म नहुँदा ।

मेरो छेउमा बसेर मेरी श्रीमती रुँदै थिइन्

समयको मोड र दौडलाई निरन्तर रुपमा पछ्याउनु हामी सबैको बाध्यता र काम हो । जब मानिस जन्मन्छ उसको मृत्यु निश्चित छ । तैपनि उसले मृत्युलाई सहज रुपमा स्वीकार गर्न कदापि सक्दैन ।

… मेरो छेउमा बसेर मेरी श्रीमती रोइरहेकी थिइन्, तर उनी किन रोएकी हुन मलाई थाहा हुन सकिरहेको थिएन । उनको रुवाइ एकनासले चलिरहेको थियो भने वरिपरि मानिसहरूको पनि निकै नै भीड लागेको छ । मेरो चारैतिर यता उता सबै बसेका छन् । तर किन सबै मौन र गहभरी आँसु पारेका छन् म किन किन थाहा पाउन सकेको छैन । म मेरी श्रीमतीलाई सोध्छु । तर उनी मेरो प्रश्नको जवाफ दिन्नन् ।