तिम्रा लागि यो समयमा सायद मैले सम्बोधन गर्ने शब्दनै पाउदीन जस्तो लाग्दै छ । हुनत म एउटा अपराधी भएको छु मैले जानेर या नजानेर एउटा अपराध गरेको छु । तिमी संगको अहिलेसम्म गरेको जुन यात्रा अबिश्मरणीय छ अनि जति अविश्मरणीय छ त्यत्तिनै दुःखदायी पनि । आज आउर मैले मनन गरिरहेको छु कि मैले एक व्यक्ति जसले मलाई आफूभन्दा कयौं धेरै मायाँ गर्ने अनि कति धेरै सम्मान पनि गर्ने गरेको थियो । जस्तो सुकै भए पनि तिमीले मलाई मैले महसुस गरेसम्म भित्री हृदयदेखिनै मायाा गरेकी थियौ जस्तो लाग्छ । अहिलेसम्म तिमीले देखएको जुन व्यवहार र परिस्थितिसँग जुधेर पनि तिमीले मलाई कयौं आरोह र अवरोहहरूमा पनि मायाँ गरेकी थियौ ।
आखिर जे जस्तो कुरा गरे पनि तिमी र एक अर्कालाई प्रेम गर्ने गरेका व्यक्ति नै थियौं । आजसम्म मैले र तिमीले एक अर्कालाई मात्र प्रेम गर्यौं । प्रेम, प्रेम अनि मात्र प्रेम । विद्यालय तहको अध्ययन देखिको हाम्रो मित्रता र सम्बन्ध अहिले सम्मको अवस्थामा आइपुग्दा कुन मोडमा पुग्यो म त्यो त भन्न सक्दीन तर पनि मैले तिमीलाई मायाँ गरिरहे मात्र मायाँ । यी शब्दहरू लेखिरहँदा तिमीलाई लाग्न सक्छ यसले कुनै बहाना बनाएकी छ या यसले कुनै नाटक गरेकी छ तर कहिल्यै पनि मैले तिमीलाई एक असल साथी र एक असल प्रेमीको रुप बाहेक अन्य कुनै तबरले हेरीन र अँझै पनि हेर्ने कष्ट गर्ने छैन ।
त्यो यात्रा रमाईलो थियो तर तिमीलाई मैले पटकपटक फोन गरे तिम्रो फोन रिसिभ हुन सकेन । किन तिमीले मैले गरेको फोन रिसिभ गरेनौं त्यो त मलाई थाहा छैन । तिम्रो मोबाइल साइलेन्स थियो या तिम्रो मनले मेरो फोन रिसिभ नगर भन्यो र तिमीले मेरो आवाज सुन्न चाहेनौं अनि मैले गरेको फोन उठाएनौं । आज म मेरो परिवार मेरो बारेमा सोचिरहेको अवस्थामापनि म तिमीलाई कति मायाँ गरिरहेको छु त्यो म भन्न सक्दीन । यदि मायाँ र प्रेमलाई जोख्ने र हेर्न मिल्ने कुनै माध्यम हुँदो हो त तिमीले थाहा पाउन सक्थ्यौ होला तर विज्ञानले अहिलेसम्म त्यस्तो कुनै प्रविधिको विकास गरेको छैन ।
तिमी र म विवाहको बन्धनमा बाँधिन नचाहेको पनि होइन र हामीलाई थाहा नभएको पनि होइन हाम्रो समाजले हाम्रो विवाहलाई हेर्ने दृष्टिकोण फरक छ भनेर हामीलाई ज्ञान नभएको पनि त होइन नि । तर जे जस्तो भए पनि समय र परिस्थितिलाई आफ्नो अनुकुलमा चलाउनु पर्ने हो हामीले तर सकेनौं आज आएर बाध्य भएका छौं तिमी र म समय र परिस्थितिको दास भएर सोही अनुरुप चल्नका लागि ।
तिमी अफिस जान्थ्यौं कयौं दिन मैले तिम्रा लागि हड्केसमा खाना बोकेर गएर तिम्रो अफिसको क्यान्टीनमा राखेर कुरी राख्थे त कहिले खाना तिमीलाई दिनु ल भनेर हिड्थे लाग्छ साहेद मैले तिम्रा लागि भनेर लगेको खाना तिमीले पक्कै खान्थ्यौ होला । आज तिमीलाई मैले खाना बोकेर गएका हड्केस हेर्छु अनि सम्झन्छु तिमीले यही भाँडोबाट खाना निकालेर खाएका थियौ होला । तर आज किन यसरी तिमी टाढा टाढा भएका छौ म थाहा पाउन सकिरहेको छैन ।
मेरो परिवारबाट मेरो विवाहको लागि कुरा चलिरहेको छ । तर मेरो भित्रि मन कुनै पनि हालतमा बिहे गर्नका लागि राजी छैन । म त तिमीलाई नै मायाँ गर्थे गरेको छु र गरिरहनेछु । तर तिमी किन यसरी कायर भएर भागिरहेका छौ ? थाहा छैन मलाई । भविष्यको कल्पना गर्ने अनि विगतको सम्झनालाई आँखामा सजाउने अनि भक्कानिएर रुने मेरो दैनिकी बनेको छ । तिमी सँगसँगै पुगेका ती राजधानी शहरका पार्कहरू अनि तिमीसँगै रेष्टुरेण्ट तथा क्याफेहरूमा गएर खाजा खाँदै गरेका रमाईला कुराहरू त्यो दिनलाई कसरी भुलौं या म कसरी सम्झन सक्छु त्यो दिनलाई । किनकि तिमीले मलाई कहिल्यै पनि रोक्ने प्रयास गरेनौं र तिमीले मलाई तिम्रो घरमा भित्राउने आँट पनि गरेनौ साहेद जस्तो लाग्छ मलाई । हुनत मैले पहिल्यै भनिसके मनको कुरा जाँच्ने कुनै यन्त्र वा प्रविधिको विकास भैसकेको छैन यो विश्वमा । तैपनि मैले कुनै दिन तिमीसँग व्यवहार गर्ने बेलामा तिमीबाट फिर्ता लिने छु र तिमीबाट कुनै दिन बदला लिनेछु भनेर व्यवहार गर्न सकिन र गरिन पनि । आज कस्तै परिस्थिति हुँदा पनि तिमीले मेरो फोनसम्म पनि रिसिभ नगर्दा जिन्दगी नै बेकार रहेछ कि जस्तो लाग्छ ।
तर म जिन्दगीमा सधैं हारेको छु । कहिल्यै जित्न सकेको छैन र अहिले पुनः एक पटक हारेको छु । पटक पटक हारेको छु एक पटकमै । किन पटक पटक भन्ने प्रश्न आउन सक्छ किनकि कसैले गरेको कुनै कामले गर्दा पटक पटक आफू हारेको महसुस हुने गर्छ । मैले कसैको आत्मसम्मानमा ठेस पुर्याएको छु जस्तो त लाग्दैन र तिमीले पनि भन्ने गरेका थियौ यही कुरा । मैले तिमीलाई कुन आँखाले हेर्न गर्थे मलाई थाहा छ र अब कसरी हेर्ने छु त्यो भने मलाई थाहा छैन । हुनत म एक जना यस्तो ब्यक्ति भएको छु त्यो तिमीले मूल्याङ्कन गर्ने कुरा हो ।
मैले अब यो परिस्थितिलाई एउटा दुर्घटना हो भुलौं भनेर भन्न पनि सक्थ्ये होला तर यस्तो अवस्था कस्ले कसरी स्वीकार गर्न सक्ला र त्यो दुर्घटना हो भनेर भन्ला ?
पुरुषहरू त हुन् उनीहरूलाई के मतलब हुन्छ र हाम्रो बारेमा भन्ने धेरैले सोच्ने गर्दछन् । हुनत अहिलेको जमानामापनि पुरुषहरूभन्दा महिलाहरू धेरै कमजोर छन् र उनीहरूलाई समाजले हेर्ने हेराई पनि त्यस्तै छ । पुरुषहरू जहाँ गए पनि हुने जस्तो गरेपनि हुने तर महिलाहरू त्यसरी हिडे भने प्रश्न उठ्ने परम्परा नै कायम छ । त्यस्ता क्षणहरू पुरुषहरूले सामान्य रुपमा लिन्छन भनेर कसैले भनेको मलाई याद छ र म सम्झन्छु महिलाहरूलाई त्यही नै अभिषाप बन्छ भन्ने कुरा ।
एक जना महिला मित्रले भनेको मलाई याद छ ‘म अब यसरी एक्लै पराय लोग्ने मान्छेसँग हिड्ने शाहस पनि गर्न सक्दीन’ हो यस्तो लाग्छ नै आखिर त्यो सुनसान रातमा कस्को दोष थियो म अँझसम्म पनि दोषी पत्ता लगाउन सकिरहेको छैन । एक जना सादा पोषाकमा अपराधीलाई खोज्नको लागि भौतारिएको प्रहरी जस्तो भएको छु म । त्यो दिनको त्यो व्यवहार कस्ले गर्यो किन गरेको होला र कसैको मुटुमा काँडा खिल बनेर बिझेको होला भनेर म कल्पना गर्न पनि सक्ने अबश्थामा छैन अहिले । सायद हाम्रो त्यो झण्डै एक दशकको यात्राकोनै दोष हो त ? या त्यो मेरो दोष ? तिम्रो दोष ? या त्यो हाम्रो बासनाको ? हामी हिड्ने बेलामा हामीले पाएको सवारी साधन बिचैमा रोकीनु पनि दोष हो कि ? खै के हो म भन्न सक्दीन यो कसको दोष हो भनेर ।
जिन्दगीका दौडहरूमा म हारेको थिइन र मलाई त्यत्ति धेरै रुपन पनि परेको थिएन । तर आजा आएर तिमीले मलाई धेरै रुवाएका छौं । धेरैलाई खुसी दिन्छु भन्दै हिडे र केहीलाई पुर्ण खुसी नदिए पनि केही हदसम्म उसलाई खुसी बनाएको थिए । तर अहिले आएर अन्जानमै मेरो मुटुमा तिखो सियो रोपीदिएका छौ ।
तिमीलाई थाहा छदै छ हाम्रो समाजमा महिलाको स्थान र अबश्था आदर्श एकातिर व्यवहार अर्कोतिर अपराधीले आफै पहिला अपराध स्वीकार गर्न मान्दैन । पछि उसले अपराध स्वीकार गर्छ अँझै आनाकानी गरेपछि मात्र उसले अपराधलाई स्वीकार गर्छ ।
विगतका दिनमा हेरौं न तिमीमा त्यस्तो केही असर देखिदैन मलाई पटक पटक हसाउन खोज्ने तर मलाई तिमीसँग आँखा जुधाएर कुरा गर्न समेत कठिन भएको थियो । तिमीले मलाई हसाउनका लागि धेरै प्रयासहरू नगरेको पनि होइन तर मलाई हसाउन सकेनौं ।
मैले तिमीलाई के चाँही कुरा सुम्पिन बाँकी थियो र इमेल, ट्विटर, फेसबुकका पासवर्ड पनि तिमीसित थियो । मेरा हर कुराहरू तिम्रा लागि खुल्ला थिए । तिमीले मेरा सवथोक चाहेको बेलामा चेक गर्न र प्रयोग गर्नमा कुनै रोकावट थिएन नि त्यो त तिमीलाई मैले भनिरहन पर्दैन तर किन मलाई यति ठूलो सजाय दिएका छौ म जान्न सकिरहेको छैन ।
बरु तिमी यसरी भाग्नुभन्दा पहिला मलाई गोली हानी दिएको भए बरु मेरो मनले शान्ति पाउने थियो किनकि म तिम्रो मायाँमा यसरी ढुबेको छु कि तिम्रा सबथोक मेरालागि प्यारा छन् । यति सम्मकी तिम्रा लागि र तिम्रो चाहनाको लागि म तिम्रो हातबाट चलेको गोलि खाएर मर्न पनि तयार छु । मलाई तिमीले तिम्रो घरमा भित्राउन सक्दैनौं तर मलाई यो संसारबाट विदा गराउन त सक्छौ नि । जे सुकै भए पनि म आफै कुनै पनि हालतमा आफूले आत्महत्या गर्दिन आउ बरु तिमी आएर मलाई चितामा राखेर ज्यूदै जलार्य देऊ त्यो मेरो लागि ठूलो कुरा हुने छ ।
मेरो मन भरि थुप्रै प्रश्नहरू मडारिरहेको छ म स्वीकार गर्न सक्छु मैले गरेको गल्ती र मनमा भएको प्रश्नहरू पनि सुन्ने सामर्थ्य सायद ममा हुदो होला तर तिमीले मलाई किन ती प्रश्नहरू सुनाउने मौका दिएनौ । खै मैले केही बुझ्न सकेको छैन । हुन त म आखिर तिम्रा लागि बच्चा नै हो । हो म दोषीहु मैले पटक पटक भनिसके तर किन मलाई पटक पटक घोचिरहन्छ खै म बुझ्न सक्दीन ।
तर म अन्त्यमा भन्न के चाहन्छु भने सकभर बिगतलाई भुलौं बर्तमानमा चलौं र भबिष्यको बारेमा सोचौं । तर मैले यो भनिरहदा अबश्य पनि तिमीले भन्न सक्छौ आखिर एक जना पुरुषले आफ्नो पुरुषत्व देखायो भनेर अरुले र तिमीले सोच्नेछौ तर बिगतका बिषालु यादहरू बिच मेरो बाच्ने आदत नै बनेको छ । यदि सक्छौ भने मलाई माफ गर्ने कोषीस गर म बिश्वासका साथ भन्न सकेको छैन तिमीले मलाई माफि दिने छौ र मैले पनि तिमीलाई माफ गर्न सक्छु भनेर तर कसैको यादमा जिन्दगी जिउनु भनेको एउटा अनौठो अनुभव र जिन्दगीको भोगाई भने पक्कै हो ।
बिगतका बिषालु यादहरूलाई सम्झदा सम्झदा मानिस पागल बन्छ र उसलाई चिन्ताले चितामा पुर्याउछ । आफूले आफैलाई धिकार्दैमा मरेको मानिस ज्युदो हुदैन । ढलेको रुख सिधा भएर ठडिदैन । कुनै पनि मानिसले चरा भएर आकसमा उडेको सपना देख्दैमा ऊ उड्न सक्दैन ।
यदि सकिन्छ भने मलाई एक पटक फोन गर्नु यो पढेपछि । म रातको १२ बजेसम्म कता कता भौतारिदै हिडेको थिए र आज दिनभर मैले तिम्रो फोनबाट मेरो फोनमा घण्टी बज्ने कल्पना गरेर र कुरेर बसिरहे तर त्यो मेरो चाहना अनुरुप हुन सकने । अब आज मेरो बाबा आमाले मेरो विवाहको लागि केटा हेर्न लिएर जाँदै हुनुहुन्छ साहेद यस पछि मैले तिम्रा लागि कुनै शब्द त लेख्न नसकुला तर यदि सक्छौ भने मलाई आजै फोन गर या … ।
नसक्ने भए तिमी कुनै पनि हालतमा कायर नबनी मलाई फोन गर जब तिम्रो फोन आउने छ तिमीसँग कुरा गरेपछि म सदाको लागि मेरो फोन बन्द गरी दिनेछु । तिमीले यो चाँही नसोच कि मेरो मन एउटा प्रयोगशाला हो भनेर जुन प्रयोग गरेर हेर्ने अनि त्यत्तिकै छोड्नका लागि ।
जिन्दगीमा धेरै पटक मरिरहने भएको छु म अहिले ।
मलाई सधै … !
अमृत बास्कुने
