डा. तीर्थबहादुर श्रेष्ठ
अब उचालौं धौलागिरि
हामीले हिमाल त उठायौं एसियाको माझ्मा, तर हिमालकै माझ्मा पर्ने धौलागिरि पर्वतलाई भने उचाल्न सकेका छैनौं। कञ्चनजङ्घा र सगरमाथा (एभरेष्ट) को उचाइ यकिन हुनुभन्दा पहिले विश्वको सर्वाेच्च शिखर धौलागिरि (८१६७ मिटर) थियो। अहिले उचाइको वर्गीकरणमा धौलागिरि सातौं नम्बरमा पर्दछ। तर, हिमाललाई उचाइले मात्र नाप्न हुँदैन। हिमालको मूल्याङ्कन बहुआयामिक पक्षमा हुनुपर्छ। पर्वतारोहणका मौजुदा चुनौती, भूस्वरुपको धरातलीय विशेषता, भौगोलिक एवं भौगर्भिक महत्व, जैविक विविधताका विशेषतालगायत सांस्कृतिक मौलिकताका दृष्टिले पनि केलायौं भने धौलागिरि हिमाललाई उचाल्न पुगेको छैन भन्ने निर्क्योलमा हामी पुग्दछौं।
शुभकामना सुनगाभाको
सुनगाभा फुल्ने नेपालमा कोही कुरुप नहोउन्, सबै सुनगाभा जस्तै शोभायमान बनुन् भन्ने शुभकामना दिएर राष्ट्रकवि माधव घिमिरेले २०१५ सालतिरै रचेका हरफहरू हुन् यी। तर, त्यसको ५० वर्षपछि आज सुनगाभा फुल्ने हाम्रा धेरै वनपाखा उजाड भइसकेका, धेरैथरी सुनगाभा हराइसकेका र अहिले पनि हराइरहेका छन्। यसैबीच नेपाली किसानहरू विदेशबाट आयातीत सुनगाभा खेती गरेर लाभान्वित हुन थालेका छन्। तिनका खेतीमा आफ्नै देशका सुनगाभा किन नसिब भएनन्?
नायगरा झरना अतृप्त यात्रा
नायगरा झरनाको बाछिटाले निथु्रक्क नभएसम्म अमेरिका यात्राको तिर्सना मेटिँदो रहेनछ। यसपालि कात्तिकमा अमेरिका पुगियो। अमेरिका भनेपछि संयुक्त राज्य अमेरिका मात्र बुझने चलन छ, तर इटालीका भेसपुस्सी अमेरिगोले सन् १४९७ मा पत्ता लगाएको भूय्भाग र क्रिस्टोफर कोलम्बसले १४९८ मा गोरा उपनिवेशकारी शक्तिलाई देखाइदिएको नयाँ संसारमा य्संयुक्त राज्य अमेरिकामात्र नभएर उत्तर र दक्षिण अमेरिका दुई महार्ीप पर्दछन्। विश्वको मानचित्रमा न नायगरा फल्स, न सगरमाथा नै अँकित भएको त्यो बेला नेपालमा मल्लकालीन नेवारी सभ्यता चुलिएको थियो।
कुहिरो र धूइरो; पारिजात र शिरीष
दशैँ र तिहारको आगमनसँगै काठमाडौँ उपत्यकामा कुहिरो लाग्न थाल्छ। जब बादल आकाशमा नउडी जमिनलाई चुम्बन गर्नतिर लहसिन्छ त्यही अल्छी बादललाई हामी कुहिरो भन्दछौँ। रातमा जमिन सेलाएपछि बिहानीपख वायुको तापक्रम घट्दै गई वायुले आफ्नो गर्भभित्रका जलकण ओकलेर कुहिरो निर्माण गरिदिन्छ। अनि वायुले आफ्नो पारदर्शिता गुमाउँछ। हामी टाढाका वस्तु देख्न सक्तैनौँ। कुहिरो बाक्लो भयो भने त्यसलाई हुस्सु भन्दछौँ। अनि थोरै दूरीका वस्तु पनि स्पष्ट हुँदैनन्। सडक र हवाई यातायातमा समेत अवरोध पुग्छ। पुसमाघतिर रातको तापक्रम अझ शीघ्रातिशीघ्र घट्न सक्छ। त्यस्तो स्थितिमा वायुमा रहेको वाफ कुहिरोमा परिणत हुन नपाउँदै जम्न थाल्छ र तुषारो बन्दछ।
