Skip to content

वैज्ञानिक समीक्षा

सहकारीमा भित्रिएका टेक्नोलोजी र यसले ल्याएको परिवर्तन

  • by
SantoshTimalsina

आजको युग विज्ञान र प्रविधिको युग हो । विज्ञान प्रविधिको विकाससँगै पूरै विश्व दिनप्रतिदिन साँघुरिँदै गएको छ । घरमै बसी–बसी देश–विदेशका खबरहरु एक क्लिकमा प्राप्त गर्न सक्छौं । दाहिने हातको चोरऔंला चलाएर पूरै विश्व फन्को मार्न सकिन्छ ।

Read More »सहकारीमा भित्रिएका टेक्नोलोजी र यसले ल्याएको परिवर्तन

सुनगाभासँग बग्दो देश

  • by

विश्व पुष्प व्यापारमा ज्यादै आकर्षक मानिने सुनाखरीको बढ्दो तस्करीले नेपाली सम्पदामाथि पहिरो चलाएको छ।

amazing_tree

संसारमा भएका अनौंठो रुखहरू

यस धरतीमा रुख बिरुवाको के कति महत्त्व र आवश्यक छ, त्यो हामी सबैलाई थाहा भएकै कुरा हो तर यही धरतीमा भएका अनौठो र उपयोगी गुणकारी रुख हालसम्म पनि आम मानिसले उपयोग गर्दै आइरहेका छन् । त्यसमध्येमा पनि आश्चर्यलाग्दो अनौठो रुख पनि छन्, जुन हाम्रो कल्पनाको संसारबाट टाढाको कुरा हुन सक्छ । यस्तै अनौठो रुखको बारेमा यहाँ चर्चा गर्दैछु ।

१. सर्वत दिने रुखः अस्ट्रेलियाको क्विसल्यान्ड सहरमा एउटा विशाल रुख छ, जसको आकार बोतल जस्तै छ । यस्को उचाई १५ मिटर र फेदको मोटाइ ८ मिटर छ । यस रुखको फेदमा काटेर हेर्ने हो भने यसबाट सर्वत जस्तै मीठो र स्वादिष्ट रस निस्कन्छ ।

ढुसी के हो ? कसरी लाग्छ ?

नेपाली शब्दसागरमा ढुसी शब्दको अर्थ ”ओस वा चीसो लागेर चीजबीज सड्दा झुस्स उम्रने वा ढुस्स फुलेको देखिने सेतो खालको भुवा वा झुस, ढुँडी” भनेर उल्लेख गरिएको छ । आखिर के हो त ढुसी ? ढुसी फन्जाइजगत्मा पर्छ, जसमा पीठो जस्तो देखिने पीठो ढुसी, च्याउ, बोटबिरुवामा पर्ने ढुसी, यिष्ट लगायत एक लाख भन्दा बढी प्रजाति पर्छन् ।

माछाहरूको संसार कति बिचित्र

नदी नाला, ताल तलैया र महासागरमा पाइने माछा विभिन्न आकार र प्रकारका साथै रङमा पाइन्छ भने मानिस माछालाई सौखका रूपमा एक्युरियममा समेत पाल्ने गरिन्छ । माछा ज्यादै नुनिलो पानीमा बस्न सक्दैनन्, त्यसैले मृतसागरमा माछा पाइँदैन । केही प्रजातिका माछा न्यानो ठाउँमा बस्न रुचाउँछन् भने केही प्रजातिका माछा चिसो उत्तरीय ध्रुवका समुद्रमा बस्न रुचाउँछन् । माछा २६ हजार फिटभन्दा पनि गहिरो ठाउँमा समेत सजिलै बाँच्न सक्छन् ।

माछाले आफ्नो शरीरको तापक्रम वातावरणसँग सुहाउँदो बनाउन सक्छन्, माछाले फुल्का (Gils) द्वारा सास फेर्छन् । माछा र पृथ्वीबीचको सम्बन्ध ४ अर्ब ५० लाख वर्षभन्दा पुरानो मानिन्छ । वैज्ञानिकहरूले हालसम्म २२ हजार भन्दा बढी प्रजातिका माछा पत्ता लगाइसकेका छन् र हरेक वर्ष नयाँनयाँ प्रजातिका माछा पत्ता लाग्ने क्रम जारी छ । यस्तै संसारमा भएका अनौठो माछाको बारेमा केही जानकारी लिने हैन त ?

१. प्रकाशपुञ्ज बोकेर हिँड्ने माछा

हिन्द महासागरमा पाइने एकप्रकारको एनोमालेप्स क्याटोप्ट्रन नामक माछाको आँखाको तलपट्टि एक प्रकारका प्रकाश लिएर डिँड्छ । समुद्रको अँध्यारो गहिराइमा सो प्रकाशबाट आफ्नो मार्गलाई सजिलै पत्ता लगाउन सक्दछ तर त्यो प्रकाश दिने प्रकाशपुञ्ज पनि कुनै निर्जीव साधन नभई विभिन्न प्राकृतिक कारणवश यसको ठीक आँखामुनि झुण्ड बनाएर बस्ने र माछासँगै टाँसिएर यात्रा गर्ने प्रकाशमान जीवणुको ठूलो समूहमध्ये एक सानो झुण्ड हो ।

क्यालोरीले धानेको जीवन

क्यालोरी तापको एक इकाई हो । सामान्य रूपमा यसलाई वजन बढाउने तत्वको रूपमा प्रयोग गर्ने गरिन्छ । वैज्ञानिक परिभाषाका अनुसार एक किलोग्राम पानीलाई एक डिग्री सेन्टीग्रेडसम्म तातो पार्नका लागि जति तापक्रमको आवश्यकता पर्दछ त्यसैलाई एक क्यालोरी भनिन्छ । मोटरको इञ्जिन चलाउनका लागि पेट्रोलकोको आवश्यकता पर्दछ ठिक त्यस्तै गरी मानव शरीरलाई क्रियाशिल बनाइ राख्न क्यालोरीको जरुरी पर्दछ । हामी जति धेरै दौडधूप वा शारीरिक श्रम गर्दछौँ, शरीरलाई क्यालोरीको आवश्यकता त्यसै अनुपातमा बढ्दै जान्छ ।

स्वास्थ्यका लागि क्यालोरीको भूमिकमा धेरै नै महìवपूर्ण हुन्छ । भोजनबाट हामीले प्रतिदिन जति क्यालोरी ऊर्जा प्राप्त गर्दछौँ त्यसको दुई तिहाई भाग दैनिक काम सम्पन्न गर्नमा नै जाने गर्दछ । सुत्ने-उठ्ने, खेल्ने-दौड्ने, लेख्ने-पढ्ने सबै समय हाम्रो शरीरबाट क्यालोरी खर्च हुने गर्दछ ।

मानिसको शरीको वजन जति धेरै हुन्छ, त्यसलाई क्यालोरीको उत्तिनै धेरै आवश्यकता पर्दछ । सामान्यतयाः एक किलोग्राम तैलका लागि ३७ क्यालोरीको आवश्यकता पर्दछ । मनिसको उमेर जतिजति बढ्दै जान्छ, त्यसलाई क्यालोरीको जरुरी कम हुँदैजान्छ । किशोर-युवाहरूका लागि क्यालोरी आवश्यकता धेरै हुन्छ भने वृद्ध/वृद्धाहरूलाई कम क्यालोरी भए पनि पुग्छ । यसले गर्दा वृद्ध उमेरका व्यक्तिलाई कम भोजन गरे पनि पुग्छ ।

विज्ञान र आध्यात्मको फ्यूजनद्वारा हुने प्राकृतिक वर्षा

  • by

हामी कृषि प्रधान देशका वासिन्दा हौँ । अधिकांश नेपालीहरू कृषि पेशामै आवद्ध छौँ । यही पेशा नै हाम्रो जीवन हो । जलस्रोतका धनी भएर पनि उपयोग गर्न नसकेर दरिद्र भएका छौँ । आकाशे वर्षाको भरमा खेतिपाती गर्नु पर्ने वाध्यता छ । यसै वर्ष पनि तराईका अधिकांश जिल्लाहरू सुख्खाग्रस्त रहे । धानबाली लगाउन सकिएन र खेत बाझै रह्यो । त्यसैले सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने चौतर्फी दवाव सरकारले बेहोर्नु पर्यो ।

यसै सन्दर्भमा एउटा काल्पनिकजस्तो लाग्ने कुरा नै सोचौँ—आफूले चाहेको ठाउँ र स्थानमा प्राकृतिक वर्षा गराउन सके कस्तो हुन्थ्योहोला ? यदाकदा हुने गाउँघर, शहरबजार नै डुवान हुने गरी पर्ने वर्षालाई रोक्न सके कस्तो हुन्थ्योहोला ? यी केवल कल्पना हुन्, वास्तविक हुन सक्दैनन् भन्ने दावी हाम्रो रहला । हुन त पानीबाट बिजुली निकालेको घटना होस् या एकै परमाणु बमले सहर नै एकै पटक क्षणभरमै खरानीमा परिणत गर्ने कुरा नै किन नहोस् या मान्छेका पुर्खा बाँदर नै हुन् भन्ने कुरा नै किन नहोस् सुरुमा अपत्यारिँदा नै थिए । व्यवहारमा प्रमाणित भइसकेपछि हामीलाई सत्य हो भन्न कर लाग्यो । त्यस्तै कर्णप्रिय कोमल ध्वनिद्वारा निर्मित उर्जाको कारणले प्राकृतिक वर्षा गराएर जनकल्याणको कार्य गर्न सक्छु भनेर दावी गर्ने प्रतिभा पनि नेपाली समाजले पाइसकेको छ । यसै सन्दर्भमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विचार घतलाग्दो छ । उनले नेपाली समाजमा टर्नर, ग्यालिलियो, सेक्सपीयर, आइन्स्टीनहरू हलो जोतिरहेका, गोठालो गरिरहेका छन् भन्ने आशय व्यक्त गरेको कुरा स्मरण गर्नु मनासिव ठहर्दछ । राजविराज सहरमा पनि अद्भूत खोज गर्ने व्यक्ति पाइनु पनि देवकोटाकै मतलाई बल पुर्याउनु हो । त्यस्ता खोजकर्ता प्रतिभा हुन्–एम.एस्सी (फिजिक्स, फस्ट क्लास फस्ट) योग्यता भएका राजविराज–९, सप्तरी निवासी दिलिपकुमार झा ।