Skip to content

लेखबहादुर कार्की

तिलकुश

मेरो माया राख तिमी कलेजाको माझमा
जुनिजुनिसम्म रहोस् माया तिम्रो पासमा ।

सँगै बाँच्ने सँगै मर्ने कसम खा’को थियो
कर्महारा रै’छौँ हामी डाडाँ कटाइदियो ।

भूकम्पको सवाई

२०७२ साल बैषखको महिना
भगवानले पठाएछन् कालको बैना
बैषाखाको मैना थियो मंगलमबार संक्रान्ति
बैषाख १२ गते गयो भुइिकम्पको भारी
त्यसदिन ठण्डा थियो १० बजे सम्मै
१२ बजेर ५८मा सखाप पार्यो जम्मै
चारै पटि थर्किन गयो जमिन लप्प पारी
कोकोहोलो हुन गयो सारा राष्ट्रभरि

सारा संसार

सारा संसार आफ्नो बनाउन खोज्थेँ
सारा संसार म त हैकम जमाउन खोज्थेँ
सारा संसार म त आफ्नै हो आज भन्थे
सारा संसारमा म त राज्य जमाउन खोज्थेँ
सरा संसारको म त राज पो बन्न खोज्थेँ
सारा संसार म त मोज मस्ति बनाउन खोज्थेँ
सारा संसार फूल म त आफै टिप्न खोज्थेँ

आज जन्म बित्यो मेरो

जन्म बित्यो मेरो भिर पाखामा
जन्मको फल पाउन सकेन आज यहाँ
जन्मिन्छ मान्छे पनि मर्छ यहाँ
जन्म लिएर धरतीमा बस्न पाउँछ र कहाँ ?
जन्म जब लिन्छ मान्छे भव सागरमा
जन्म लिदा मानवमा थाहा हुन्छ र कहाँ ?

मान्छे र गोमन

टाउको ठाडा पार्यौ त तिमीले मान्छे आउछ भनेर
ईश्वर गर्यौ त तिमीले नजिक आइजा भनेर
मन भित्र सोच तिमीले यो मान्छे भनेर
बसन गोमन आज माया खुव गरेर
आफ्नै विशाल छातीमा सोच तिमीले
मान्छेमा धोका नदेऊ तिमीले

नेपाली गाना

हामी हेर नेपाली हुँ हाम्रो देश नेपाल
उद्यिम सार मिलन सारा यो देश हाम्रो नेपाल
वीर योद्धा जन्मेको हो हाम्रो देश नेपाल
कही गए नझुक्ने हो हाम्रो देश नेपाल
सुरवीर जन्मको हो हाम्रो देश नेपाल

मैले मात्र खाएर हुन्न

मैले मात्र खाएर हुन्न
मेरा परिवारले पनि खानु पर्छ
मेरा जीवनले मात्र सुःख पाएर हुन्न
मेरा परिवारले पनि सुःख पाउनु पर्छ
मैले मात्र राज्य पाएर हुन्न
मेरा छोराले पनि पाउनु पर्छ ।

देखिन मैले

देखिन मैले यहाँ जल बगेको
देखिन मैले आज यहाँ त्यो रुख ढलेको
देखिन मैले आज यहाँ त्यो फूल झरेको
देखिन मैले आज यहाँ तारा पो खसेको
देखिन मैले आज यहाँ धुवाँ बसेको
देखिन मैले आज यहाँ आगो जलेको

हाम्रो देश नेपाल

हाम्रो देश नेपाल छन सगरमाथा झल्कने
हाम्रो देश नेपालमा हिमाल छन टल्कने
हाम्रो देश नेपाल छन संस्कृतिले झल्कने
हिमाल छन गौरव टलटली टल्कने

हिमालको काख चौरी गाई चरेको
कति राम्रो झरना छन हेर झरेको
चारै पट्टि चुरिएका हिमालका चुचुरा
कति राम्रो सुहाउँदो डाफे हेर मयुर

तिमी गयौ कहाँ कहाँ

तिमी गयौ कहाँ कहाँ मलाई एक्लो पारी
सम्झना मलाई आउँछ मुटु गाठो पारी

नजिक आऊ न मेरो माया नजाऊ चट्ट छाडी
कलेजो र मुटु मेरो क्यान्सर रोग पारी

अग्नि कविता

अग्नि भए म त सारा संसारा जलाए
आफ्नै आत्ममा मात्र म त रमाए
देखिन आज मैले गरिबको मुटुको घाऊ
राज्य र धन कमाउन मात्रै मेरो भएछ दाउ
दशौ पुस्ता अघिबाट महलमा बस्ने बानी
सन्नुहोस आज मेरा सुखका कहानी
बाजे र पुर्खाको शोसकबाट आज यहाँ

उत्तरी र दक्षिणी

ए दक्षिणी हावा तिमी तुफान आयौ
सारा संसार तिमीले तहनहस बनायो
उत्तर दक्षिणी हावा नमिलेर आज यहाँ
धुलो उडायौ आज यस मानवमा
तिमी भयौ पृथ्वीमा आज किन चकचकी
सारा संसारमा आज किन पार्यौ तिमीले जगजगी

तिम्रो मेरो प्रेम

तिम्रो मेरो प्रेम घामको छायामा
भोक न प्यास भयो प्रेमिका तिम्रो मायामा

तिमी गयौ प्रेमिका सात डाँडा काटी
कलेजो गयो प्रेमिका धुझा भर काटी
सम्झना आउँछ प्रेमिका मुटु गाठो पारी
वेहोस् हुन्छु प्रमिका मत घरी घरी

नातावाद कृपावाद

हातेमालो गरौं युवा हो हाम्रो राष्ट्रभरि
जाली सामन्तलाई समाऔं घरी घरी

नातावाद कृपावाद भएर यहाँ
यो नियमले युवा हो देश चल्लाका
यस्तो नियमले राष्ट्र बाँच्ला कहाँ
नातावाद भाइवाद दाजुवाद महाँ

LekhBahadurKarki

युवा

युवाहो उठ अकाश छुने गरी
हाहाकार हुन गयो यो राष्ट्रभरि

राज्य सतचुर्ण भयो हाम्रो प्यारो देश
उठ उठ युवा हो काँधमा काँध बोकेर

लगना समाउने हातले डट र कापी समाऊ
हातो समाउने हातले जालीको टुपी समाऊ

कविता राष्ट्रको

हाम्रो नेपाल धनी राष्ट्र भएर पनि
केही गर्न सकेन नेताले यो देशमा पनि
जति पायो उती नेता कुर्सी मात्र तान्छन
विकाश गर्न देशमा नेताले कहाँ मान्छन