Skip to content


हाम्रो मातृभूमि नेपाल देशमा
खोजे पाइन्छ नेपालमैमा
जरा र बुटा औषधी मुलो
सदुपयोग गर्ने ज्ञान नेपालले भूलो ।

नेपालको हेर जरा बुटामा
विदेश पो धनी भयो हेर अब तहा
नेपालको धन गयो विदेशमा
नेपालको आम्दानी जान्छ विदेशमा

नून र फलाम नेपालमा
पाइन्छ खोजे हेर नेपालैमा
धेरै श्रोत साधन भएको यो देश नेपाल
सदुपयोग नभएको यो देश नेपाल

सुन र सिसा नेपालमा
यो सबै पाइन्छ, पढार्य भए यहाँ
सबै पाइन्छ हाम्रो नेपालमा
पर्दैन नेपाली बिदेश जानु त्यहाँ

हाम्रो परम्परा भार राष्ट्रमा
शिर निहुराउने चलन भएको छ ताहा
नेपाल राष्ट्र सानो छ धन छ ठूलो
यन्त्र पढ्ने दिमाग कतातिर भूलो

विमार हुन्छ नेपाली जान्छ विदेशमा
हाम्र्रौ नेपालको दवाई किन्छ गएर ताहा
कस्तो अनौठो कुरा पर्यो यहा
नेपालको दवाईले विदेश धनी भयो ताहा

पढन नेपालीको मनमा जालो छ
पढाई नभई विकास गाह्रो छ ।
विकास छैन नेपालमा अँझै पनि
दुःख पाए यहाँ जनताले साह्रो छ ।

लेखबहादुर कार्की
त्रियुगा नगरपालिका–१२, कौवाई, उदयपुर
मो. नं. ९८०७७९६००८ / ९८१९७९२२४४

2016-08-13 21:43:11 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *