Skip to content

मैले मात्र खाएर हुन्न


मैले मात्र खाएर हुन्न
मेरा परिवारले पनि खानु पर्छ
मेरा जीवनले मात्र सुःख पाएर हुन्न
मेरा परिवारले पनि सुःख पाउनु पर्छ
मैले मात्र राज्य पाएर हुन्न
मेरा छोराले पनि पाउनु पर्छ ।

मैले मात्र महलमा बसेर हुन्न
छोराले पनि बस्नु पर्छ ।

गाईले मात्र चरेर हुन्न
बाछाले पनि चर्नु पर्छ
बाख्राले मात्र चरेर हुन्न
पाठाले पनि चर्नु पर्छ
आफ्नो परिवारको मात्र माया गरेर हुन्न
साराको माया गर्नु पर्छ
आफ्नो मात्र जीवन रोजेर हुन्न
साराले जीवन रोज्नुपर्छ
आफ्नो मात्र पेट भोको हुन्न
अरुको पनि पेट भोको हुन्छ
अर्काको जिन्दगीमा धोका दिनुहुन्न
आफ्नो पनि जिन्दगीमा धोका पर्छ
आफ्नो देशको मात्र माया गरेर हुन्न
विश्व देशको माया गर्नुपर्छ ।

लेखबहादुर कार्की
त्रि.न.पा. १२ कौवाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *