Skip to content
LekhBahadurKarki


युवाहो उठ अकाश छुने गरी
हाहाकार हुन गयो यो राष्ट्रभरि

राज्य सतचुर्ण भयो हाम्रो प्यारो देश
उठ उठ युवा हो काँधमा काँध बोकेर

लगना समाउने हातले डट र कापी समाऊ
हातो समाउने हातले जालीको टुपी समाऊ

युवा र युवती हो नेतालाई सचेत पारौं
युवा युवती हो देशको विकास गरौं

युवा र युवती हो पालो आयो हाम्रो
भविष्यकालमा देश बनाऔं राम्रो

युवा र युवती हो नेताको मुख ताकी
राज्य सबै सक्न गये राखेनन्न बाकी

धन समाउने हातले नेताको गोजी समाऊ
बाको समाउने हातले नेताको हात समाऊ
सियो समाउने हातले सामन्तको कलम समाऊ

युवा र युवती हो बडौं भ्रष्टचारीको लागि
यो देशमा युवाहो भ्रष्टचार गयो जागी

मास्नु पर्छ युवा हो काँधमा काँध मिलाई
सपारी राख्नुपर्छ युवा हो भविष्य पुस्ताका लागि

हाम्रै हो युवा यो देशको माटो पनि
लडनु पर्छ युवा हो अन्तिम काललाई भनी

जागौं जागौं युवा हो शिरमा यो देश बोकी
जागौं भने युवा हो यो देश बन्ने पो हो कि !

लेखबहादुर कार्की
त्रि.न.पा. १२ कौवाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *