जनतामा नढाट नेता हो संविधान बनाऔ
नेपाली जनताको भावना मन्जुर गराओ
नेपालको संविधान कहाँ गयो आज
नेतामा आज पनि किन त लाग्दैन लाज
जनतामा आज किन ढाट्छौ आफ्नो आफ्नो जाहानमा ढाट
ढोल मालद बनाई राजीमा ननाच
जन्मभूमि माडी मातृभूमि हाम्रो देश
बनाउछ नै किन आज सांसद होइकन विदेश
सांसद होइकन पार्छौ नाजुक हाम्रो देश
संविधान बनाउछौ भन्दै फुली सको केश
फूल जस्तो देश हाम्रो नर्क पर्यो
जन्ने जान्ने सांसद पठाए गुठ सल्ला कान भयो
लाज हुन्छ सांसद हो फेरि गाउमा आउदा
धुप बत्ती देलान जनताले संविधान पाउदा
नवाज सांसद हो सांसद भवनमा बसेर
जबाजी खाऔ सांसद हो कुर्सीमा बसेर
चियापान समारोहमा सांसद हो नामै चलाऔ
यो राष्ट्रका जनताको शरीरमा आगो जलाऔ
उर्लिन्छ भेल बगाउँछ यहाँ बालुवा
नेपाली जनतामा नपार आज आलु
चस्मा नभार नेता हो कुर्सीमा बसेर
धेरै नबाज आजै सांसद हो घुडा धसेर
बादल छायो सांसद हो हाम्रो यो राष्ट्रमा
बादलले ढाकी दिंदा जनता जालान कहाँ
यो देशको माटो सुख्खा खडेरीमा आज सुक्यो
जनताको मन सांसद आज कति दुख्यो
सयपत्रि फुल सरि हुनु फ्यातुलो नहुनु
भाग बन्डामा बस्नु सांसद कहिले नरुनु
हे सांसद हो आफ्ना बरू गोजीमा हेर्नु
जनता लाग्दैन सांसद हो त्यसको खेजिमा
ए बाध हो यसै धर्तीमा कान्त्रि गर्छौ यहाँ किन
राक्षस भईकन यसै धर्तीमा गएछ हाम्रो दिन
वायु पनित बन्द नै हुन गो अग्निले खायो सव
बाँच्ने आधर पनि विलासिन गयो बाँकीरहेन सब
ठूला बृक्षपनि ढल्न गयो नाङ्गो भएछ यहाँ
बृक्ष सब ढल्न गयो अब तिमी सितल तापौला कहाँ
सबै बाघै बाघ भएर त यहाँ यो स्याल को हुन्छर
घाउ छ त आज यसै शरीरमा धेर बाँच्ने को छ र
सूर्यले आज ढाकि सक्यो जताततै सितल कहाँ पाउँछ र
बाघलाई जित्ने यसै पृथ्वीमा अरू को पो आउछ र
आज त उर्लिन गयो भेल जताततै सुख्खा त दिनमा पनि
बिना बादल पानी पर्न गएछ यसै बेलामा पनि
आयो भेल हेर यसै नदिमा पात हुन को सक्छ र
सारा संसार नष्ट पार्न गयो जोगाउने यहाँ को छ र
सत्य को पनि शक्ति छैन त यहाँ पापको संसार भयो
पापै पाप भएर यस पृथ्वीमा संसार उल्टो भयो
तारा खस्न गयो जताततै भने धुवाँ त उडयो यहाँ
सारा सिसा पनि त फुटन गयो अन्धकार भयो यहाँ
चम्केछ विजुली चारै दिशामा छरिएर छारो पनि
कस्तो दुरभाग्य पर्न गयो सारा मानवमा पनि
जतासम्म हेर्यो त आज यहाँ गएछ बृक्ष पो ढलि
आँखाँ पनि बन्द नै हुन गयो चिच्याउँछ घरी घरी
चन्द्रमा नभाको त रात हुन गो सूर्य नभाको दिन भो
मासु पनि त आज पिस पिस भयो छैन त बल्ने दियो
आगो भयो त आज यसै पृथ्वीमा छारो र धुलो यहाँ
चल्यो बज्र पनि त्यसै बखतमा लाग्यो त छातीमा
पानीका पनि त मुल फुट्न गयो अदृष्य छातीमा
जहाँ गए पनि त उराठ शरिर भयो के भनु आज यहाँ
कलिको पनि बास नै हुन गयो आएर यो भूमिमा
सत्य युग भने पाइन्छ र कतै पापै छ जगतमा
आफ्ना आफ्ना स्वार्थ छन आज भने पापैको खानी भयो
संसार दुषित पानी बनेन जादाँ धेरैको प्राण गयो
दुषित पानी हो यसै जगतमा सारा ढाक्यो छलकिता
जब त भिर छैन यस धर्तीमा ठक्कर पायो फर्किदा
आएर आज चित्र गुप्त हुन गई यही मध्ये भूमिमा
स्वर्गै हो हुनत यसै संसारमा उम्केर जाला कहाँ
बाघको सहर्ष प्रणमत हुदा मानवमा दुषित भयो
सातै भुभाग हरण हुन्छ कि भनी सारा संकामा पर्यो
आधार केही पनि भएन त यहाँ यो लोक संसारमा
पायौ आज समय यसै जीवनमा गाडा छ संसारमा
आयो आज यहाँ दिन दिनै ठूलो संकटको घडी
पाइदैन खोजेर आज त यहाँ आएछ भूकम्पै सरि
फुल थियो छ न त यसै धर्तीमा त्यो फुल गयो कहाँ
सारा अन्धकारमा त बितिसक्यो जिन्दगी यो भूमिमा
