Skip to content

लेखबहादुर कार्की

मान्छे र गोमन – २

टाउको ठाडो पारेर तिमी मानिस लखेट्छौ
शिवको माला ठानेर तिमी लोकमा पुजिन्छौ ।
सामुमा तिम्रो दर्शन भए हच्किन्छ संसार
सज्जन रक्षा दुर्जन बध खै भयो संहार ।।

नेपाल महिमा

हाम्रो नेपालको झण्डामा पनि
बुझ्नुपर्छ हेर नेपाल पनि
गरिब राष्ट्र छ नेपालमा पनि
राष्ट्रको इतिहास बोकेको पनि

इतिहासमा योद्धाहरुको शहीद भएको पनि
पाइन्छ खुन बगेको खोजी हेरे पनि
नेपाली खुन दानमा झुक्यौ
हाँसी हाँसी फाँसी गयौ कहिले लुक्यौ

नेपालको वैभव

पढाइ र स्रोत साधन भए यो देशमा
दःखी हुने थिएनन नेपाली हेर तहाँ
स्रोत साधन भए नेपाल फल्किन्थ्यो
हिरा र मोती पनि नेपालमा झल्किन्थ्यो

पाखन बेद र ठुलो औषधी नेपालमा
शक्ति छ कति यो दबाईमा
यस्ता अमूल्य चिज अन्त पाइन्छ कहाँ
पाइँदैन खोजेर अन्त विश्वभरिमा

राष्ट्रको विकास

लडाइँ गर्नु हुँदैन देशमाहा
लडाइँले क्षति पुग्छ राष्ट्रको विकासमा
ए दाजु भाइ हो माया गरूँ यो देशको
आफ्नो राष्ट्र जस्तो हुदैन अरुको

हाम्रो देश हेर नेपालमा
विकास गर्नु यही देशमा
दाजु भाइ र दिदी बहिनी
हाम्रो राष्ट्रको विकास गरुँ अँझ पनि

चित्रेथाम

उदयपुरको ठुलो लेख चित्रेथाम पो
त्यस ठाउँमा अन्न फल्छ आलु मकै पो
त्यस ठाउँमा सुरुबुरु र तिते फापर
गारो लाको पनि बन्यो त्यस ठाउँमा घर

घास पनि काट्छन खाली हेर खर्सेको
बतासको पनि हेर ढोका पर्छ त्यो
त्यस ठाउँमा बादलुले नढाकेको होइन
त्यस ठाउँमा बतास पनि नचलेको होइन

धनराशीको कविता

धनै राशी कम भएर यहाँ
यो धनराशी चाहिन्छ सारा संसारमा
हरेक मनभावु पारेर आई
जीवन सुम्पिन्छन धनराशीलाई

यो घोर सँसारमा धनराशीलाई
गर्छन सबले यो जीवन त्यागी
मानवमा किने बेच पनि
यस्तो भयो सँसारमा धनराशीमा

चन्द्र र सूर्य

ऋतु वर्षा लाग्यो अब
चरा चुरुङ्गीले भाषा फेरो
ऋतु वर्षा हुन गयो ताहा
कोइली न्याउली कराउन थाल्यो यहाँ

सूर्य उदाउँछ विहानीमा
चन्द्र सूर्य उदाउछन् हेर अब ताहा
ज्योति जगाउँछ यहीं गगनमा
रमाइलो हुन्छ मुनष्यको जीवनमा

आकाश

आकाशको पनि तारामाहाँ
आकाश लज्यालो पनि पार्छन् ताहाँ
आकाशको अँध्यारोमाहाँ
चम्काई बस्छन पनि गगनमाहाँ

घाम र ज्युन पनि ता मिली
पार्छन आकाशमा पनि झिलिमिली
हुदैनन उनीमा केही झगडा पनि
सारा चम्काउछन यी सबै मिली पनि

नयाँ नेपालको बोली

अघिका बुढा पाकाको बोली
जानिदैन बोल्न नयाँ नेपालको बोली
कुरा बुझदैनन मान्छे हेर अहिलेको
संस्कृतिले मास्यो केहो केहो पो

अघि भन्थे सोईजलाई मरेको
अहिले संस्कृतिले त्यसलाई तोडेको
अघि अघि भन्थे युद्धलाई जुजेको
अहिले भन्न थाले मरेकोलाई सोहिज भा

फेशन

नयाँ नयाँ नेपालसँगै नयाँ नयाँ फेस
नेपाली को सँस्कृतिसँगै बिग्रियो हाम्रो देश
पुरुषले पाल्न थाले कुममा झर्ने केश
कुममा झर्ने केशसँगै बिग्रियो हाम्रो देश

जीवनको आजाव

कण्ठ बढेर गयो हेर अब ताहा
ज्यामाराज अयो भन्छु नी मता
सपना देख्यो बृक्ष ढलेको
ज्यामाराजले हेर छल गरेको

बसेका हेलान भगवान कहाँ
भेट नहुने भो हेर भगवानमा
कण्ठमा भयो ज्यामाराजको आभास
यो पक्का पर्ला ज्यामारजको पास

गरिबको बिलौना

गरिब कर्म दुःखी भारी बोकी खाने
भारी बोकी उिउद वर्षा काम गरु खाने
मुर्कुचीको भारी बोकी दित्तेलमा लाने
भारी बोकी पैसा कमाई विहान बेलुका खाने

मुर्कुचीको भारी बोकी राता पानी बास
रात पानी पुग्दा खेरी झन्डै गयो सास्
खानु पर्छ फुको चिउरा खाने छैन पानी
यतिकैमा जान्छ क्यार हाम्रो जिन्दगानी

नेपालको शान्ति

छयालिस सालको कानून खारेज जनताले गराई
नेपालमा शान्ति भयो चुनापमा आई
कोही भए माओवादीका कोही काँग्रेसका
कोही भए एमालेका कोही फोरमका

नेताहरू वार्ता गर्न एकै ठाउमा बस्नु
कस्तो कस्तो कानून बन्छ मनमा कुरा रच्नु
जान्ने जान्ने नेता जाने कानून बनाउन
कानून राम्रो बनाइकन जनता राम्रो मनाउन

नेपालीको फेसन

नेपालीको दौरा सुरुवाल कति सुहाएको
कम्मरमा पोटुका धेरै सुहाएको

शरिरमा दौरा सुरुवाल पटुका ठ्याम्मै
छिर्के मिर्के ढाका टापी शिरमा गम्मै

फूल र देश

लालीगुराँस फुल्यो शोभायमान देश
भयो छोराको पाउसम्म केश
अति राम्रो छ नेपाल देश
उल्का भएर गयो संसारको फेश

फूल फुल्यो चमेली बास्ना चलाएर
सारा संसार बिगार्यो हरेक फेसन आएर
फूल फुल्यो मखमली कोपीला भएर
सारा छक्क पर्न गए हरेक फेसन आएर